paris aatack suspectएजेन्सी ।

फ्रान्सका सुरक्षा अधिकारीका अनुसार मोरोक्को मुलका एक बेल्जियमका नागरिक पेरिस हमलाको मुख्य योजनाकार रहेको बताएका छन् ।

अधिकारीका अनुसार बेल्जियमको ब्रसेल्सका २७ वर्षका अब्देलहमिद अहिले सिरियामा आइएसको सदस्य रहेको बिबिसीले जनाएको छ ।
अब्देलहमिदको पालनपोषण ब्रसेल्सको मोलिनबिकमा भएको उनीहरुको दाबी रहेको छ।

अब्देलहमिद बेरोजगारीसँगै आवासको समस्यामा थिए । अधिकारीका अनुसार अबौद सलाह अब्देसलामका साथी हुन् जो पेरिस घटनापछि अहिले फरार छन् ।

फरार अब्देसलामलाई पक्राउ गर्न अन्तराष्ट्रिय अभियान नै सुरु भइसकेको छ । उनका भाइले पेरिस आक्रमणमा केहीको हत्या गरेपछि आत्मघाती विस्फोट गराएका थिए ।

अबौद र अब्देसलाम सन् २०१० मा एक सशस्त्र डकैतीको आरोपमा बेल्जियममा पक्राउ परेका थिए । उनीहरुलाई जेल सजाय समेत भएको थियो । सन् २०१३ को सुरुवातमा अबौद आइएसमा सामिल भएका हुन् ।

घटनामा संलग्न रहेको आरोपमा अहिलेसम्म २४ जनालाई गिरफ्तार गरेको अधिकारीले जनाएका छन् ।त्यसैगरी १ सय ४ जनालाई घटनामा संलग्न भएको आशंकामा घरभित्रै नजरबन्दमा राखिएको छ ।

सम्बन्धित खबरहरु