काठमाडौ । कार दुर्घटनामा एकै परिवारमा ६ जनाको ज्यान गएको छ । यमुना एक्सप्रेस–वे मा आज बिहान ट्रकले कारलाई ठक्कर दिदाँ एकै परिवारमा ६ जनाको ज्यान गएको हो ।

यस दुर्घटनामा ४ जना गम्भीर घाइते भएको भारतीय अधिकारीले बताएका छन् । ज्यान गुमाउनेहरुमा तीन महिला र एक १३ वर्षीया बालिका पनि छन् । यो दुर्घटना घटना मथुरा देखि करीब ३० किमी टाढा बलदेव क्षेत्रमा भएको हो ।

कारमा सवार व्यक्तिहरु ताजमहल देख्नको लागि आगरातर्फ गइरहेका थिए । एसपी आदित्य कुमार शुक्लाले दिएको जानकारी अनुसार गौतमबुद्ध नगरमा वस्दै आएका प्रेमचन्द्र शर्माको परिवार आज ताजमहल देख्नको लागि भनेर यात्रामा निस्केको थियो ।

यमुना एक्सप्रेस–वे मा सराय सालवाहन गाउँ नजिकै ट्रकले कारलाई ठक्कर दिएको हो । घटनास्थालमा ५ जनाको ज्यान गएको थियो भने अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको आगराको कृष्णा अस्पतालमा उपचार भइरहेको छ । एसपीका अनुसार कार पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । शव निकाल्नको लागि गैस कट्‌टर प्रयोग गरिएको छ । दुर्घटना पछि ट्रक चालक फरार भएका छन ।

प्रहरीले उनलाई खोज्ने काम तिव्र रुपमा अगाडी बढाएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबरहरु