काठमाडौं । नेवार समुदायसँग जोडिएर आएको गुठी विधेयकलाई लिएर अहिले उपत्यकामा विरोध भइरहेको छ । गुठी विधेयकविरुद्ध भक्तपुरको मध्यपुरमा आज मसाल जुलुस निकालिएको छ ।

थिमि बाहखा बजारबाट निस्केको जुलुस नगरको विभिन्न भागमा परिक्रममा गरी नयाँथिमि शंखधर चोकमा समापन भएको छ । स्थानीय गुठीयारको अगुवाई भएको मसाल जुलुसमा गुठी विधेयकविरुद्ध उनीहरुले धर्म संस्कृति मास्न पाँइदैन, गुठी विधेयक फिर्ता गर जस्ता विभिन्न नाराबाजी गर्दै नयाँ थिमि शंखधर चोकमा सम्पन्न भएको थियो ।

गुठी विधेयकलाई लिएर आज संसदमा पनी हंगामा भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले यसलाई फिर्ता लिनुपर्ने जनाउँदै आएको छ । अर्को तिर नेकपा केही नेताहरु पनी यसको विपक्षमा देखिएका छन भने धेरैले सरकारको निर्णयको स्वागत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विधेयक हेरफेर गर्न तयार भएको स्पष्ट पार्नुभएको छ ।

सम्बन्धित खबरहरु