काठमाडौं । केही दिन देखि बढ्दै गएको गर्मीले जनजीवन प्रभावित भएको छ । यस बर्ष मनसुन ढिलो हुँदा देशभर गर्मी ह्वात्तै बढेको जनाइएको छ । केही स्थानमा बर्षा हुँदा केही राहत मसहुस भईरहेको छ ।

आज सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुने जानकारी दिइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिँउसो देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । पूर्वी तथा मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकाले कम हुने उनीहरुले दावी गरेका छन् ।

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले नै पहाडी र हिमाली भेगको मौसम दिनभर आशिंकदेखि सामान्य बद्ली भई बेलुकीपख पानी पर्ने सम्भावना रहेको छ ।

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना देखिएको छ । अझै एक दुई दिनको मौसम यस्तै रहने देखिएको छ ।

असार २ गते (सोमबार) दिउँसो: देशका पुर्वि भु-भागका लगाएत मध्य र पश्चिमीका पहाडी भु-भागका सामान्य बदली रही बाँकि भु-भागमा आंसिक बदलि भइ पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमीका थोरै स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशका पुर्वि भु-भागका लगाएत मध्य र पश्चिमीका पहाडी भु-भागका सामान्य बदली रही बाँकि भु-भागमा आंसिक बदलि भइ पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमका पहाडी भु-भागमा एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार ३ गते (मंगलबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशका पुर्वि भु-भागका लगाएत मध्य र पश्चिमीका पहाडी भु-भागका सामान्य बदली रही बाँकि भु-भागमा आंसिक बदलि भइ पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमका एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार ४ गते (बुधबार) दिउँसो: देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। राति: देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

सम्बन्धित खबरहरु