काठमाडौ । लोकसेवा आयोगको फरम भर्ने तयारीम हुनुहुन्छ भने खुशीको खबर छ । आयोगको फारम भर्न आयोगको केन्द्रीय, क्षेत्रीय वा अञ्चल कार्यालय धाएर घण्टौं लाइनमा बसिरहनु नपर्ने बनाएको छ ।

आयोगले लोकसेवाको परीक्षा फारम अब अनलाइनबाट नै भर्ने विद्युतीय प्रणाली सञ्चालनमा आएको गोरखापत्रमा खबर छ । यो प्रणालीको विकास भएपछि परीक्षार्थीहरुले आफ्नै गाउँठाउँबाट आलाइनमार्फत आयोगको फरम भर्न सक्नेछन् तथा प्रवेशपत्रसमेत प्रिन्ट गरेर प्राप्त गर्न सकिनेछ ।

आयोगका प्रवक्ता राजीव गौतमले नेपाल विविध सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पद, नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह अन्र्गतका विभिन्न उपसमूहका पदहरु र सर्वे समूह, अमिन पदको दरखास्त फारम परीक्षणका रुपमा अनलाइन प्रणालीमार्फत स्वीकृत भइसकेको छ । अहिले स्थानीय तहका लागि खोलिएको विज्ञापनमापनि अनलाईन बाटै फारम भर्ने कार्य भइरहेको छ ।

पहिलेको प्रणाली सञ्चालन प्रतिको प्रतिक्रिया राम्रो पाएपछि अहिले बाँकी पदका कालागि पनि अनलाइन विज्ञापन सुरु भएको आयोगले जानकारी दिएको छ ।

यता लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि भएको हो ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको सङख्यामा वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार अहिले प्रतिमिनेट सय जनाले फाराम भरिरहेका छन् । एकै पटक धेरै सङ्ख्याले फाराम भर्दा आयोगको सर्भरमा चाप देखिएको छ ।

“पहिले समितिको रद्द गर्ने निर्देशनपछि परीक्षा हुने हो वा होइन भनेर परीक्षार्थीले फाराम भरेका थिएनन्” उहाँले भन्नुभयो, “अहिले तीन दिनदेखि आयोगको सर्भरमा चाप देखिएको छ ।” एकै पटकमा धेरै जनाले फाराम भर्दा सर्भरमा पनि बेलाबेलामा प्राविधिक समस्या आउने गरेको छ । आयोगले विगत तीन वर्षदेखि अनलाइन फाराम शुरु गरेको हो ।

मङ्गबार राति १२ बजेसम्म एकल दस्तुर र असार १० गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिने छ । आयोगले ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ ।

उपसचिव सुवेदीका अनुसार आयोगले अपेक्षा गरेअनुसार परीक्षार्थीले फाराम नभरेको बताउनुभयो । “आयोगले यतिधेरै सङ्ख्यामा आवेदन माग गर्दा करीब तीन लाख बढीले भर्ने अपेक्षा गरेका थियौँ’’ उहाँले भन्नुभयो, ‘‘अहिलेको सङ्ख्या हेर्दा त्यो नपुग्ने देखिन्छ । अझै केही दिन फाराम भर्ने समयमा भएकोले सङ्ख्यामा वृद्धि भने हुन्छ ।”

उहाँका अनुसार अहिलेसम्म एक लाख ६२ हजार ३३३ आवेदन फाराम भरेकामा महिलातर्फ ३९ हजार ६४६, जनजाति १८ हजार ५१, मधेशी १० हजार १४, दलित एक हजार २३०, अपाङ्ग ७३ र पिछडिएको ५० जना रहेका छन । –रासस

सम्बन्धित खबरहरु