काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक र ३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पस/कलेजमा र प्राइभेट परीक्षार्थीहरूले सोझै यस कार्यालय वा आफलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७६ साल असार ३ गते देखि साउन १ गते सम्ममा र दोव्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र (२०७६ साउन ८ गते सम्म) परीक्षा आवेदन फारम भरि बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

१) परीक्षा फाराम सम्वन्धमा :

परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरि सबै प्रक्रिया पुरयाई आफैले सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा त्रि.वि.प.नि.का. जवाफदेही हुने छैन ।

३ वर्षे स्नातक तहमा २०६९ सालमा भर्ना भई २०७० मा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएकाहरूका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।
क्याम्पसका तथा प्राइभेट विद्यार्थीहरूले त्रि. वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फारममा अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ ।

परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ। परीक्षा संचालन अवधि सम्म प्रवेशपत्र प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ ।

२) प्राइभेट परीक्षार्थीहरूले याद राख्नुपर्ने कुराहरू :

आफुलाई पायक पर्ने निम्न लिखित त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयका क्षेत्रीय कार्यालयमा पनि सम्पर्क राखी प्राइभेट परीक्षार्थीहरूले परीक्षा आवेदन फारम बुझाउन सक्नेछन् ।

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, स्नाकोत्तर क्याम्पस भवन, विराटनगर । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, पृथ्वीनारायण ब. क्याम्पस भवन, पोखरा । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, भृकुटीनगर, नेपालगञ्ज । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, अत्तरिया, कैलाली ।

परीक्षा आवेदन फारम भर्ने म्याद र शुल्क सम्बन्धमा ।

पहिलो म्याद सकिएको दुई दिन भित्र नै त्रि.वि.प.नि.का.को नाममा अनिवार्यरुपमा निर्धारित शुल्क अनुसारको रकमको म्यानेजर चेक/ भौचर बनाउनु पर्नेछ । अन्यथा दोव्वर दस्तुर लाग्नेछ ।

काठमाण्डौ उपत्यकाका क्याम्पसहरूले त्रि.वि.प.नि.काको नामको म्यानेजर चेक/भौचर २ दिनभित्र परीक्षा आवेदन फारम सहित अनिवार्यरुपमा त्रि.वि.प.नि.का. बल्खमा बुझाई सक्नुपर्नेछ, उपत्यका बाहिरका क्याम्पसहरूले उक्त म्यानेजर चेक बनाएको ४ दिन भित्र परीक्षा आवेदन फारम सहित त्रि. वि. प. नि. का. बल्खुमा बुझाई सक्नुपर्नेछ र क्षे.प.नि.का. को हकमा पनि सोहि अनुरुप बुझाउनु पर्नेछ ।

क्याम्पसहरूले दोब्बर दस्तुरको म्याद सकिएको भोलिपल्टनै परीक्षा शुल्कको बैंक भौचर / म्यानेजर चेक बनाई उपत्यकाभित्रका क्याम्पसहरूले २ दिन भित्र र उपत्यका बाहिरका क्याम्पसहरूले ४ दिनभित्र उक्त दोब्बर दस्तुरको बैंक भौचर/म्यानेजर चेक सहित अनिवार्यरुपमा सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा आवेदन फारम बुझाई सक्नुपर्नेछ । परीक्षा फारमहरू बुझाउदा संम्वन्धित प.नि.का.मा बैंक भौचर सहित सर्वप्रथम लेखा शाखामा रुजु गरि फारम शाखामा बुझाउनु पर्नेछ।

४) नियमित, प्राइभेट र आंशिक परीक्षा दिने विद्यार्थीहरूले परीक्षा आवेदन फारम भर्दा गत वर्षको सोही खण्ड परीक्षा दिएको रोल नं. अनिवार्यरुपमा परीक्षा आवेदन फारमको अगाडि शिरमा उल्लेख गर्नुपर्नेछ ।

५) परीक्षा शुल्क सम्वन्धमा :

  • नियमित परीक्षार्थीका लागि प्रति खण्ड शुल्क ४५०/
  • प्राइभेट परीक्षार्थीका लागि प्रति खण्ड शुल्क रू.१००/
  • परीक्षा आवेदन फारम शुल्क रू. ६०/
  • परीक्षा केन्द्र शुल्क प्रति खण्डरू.१००/
  • प्रयोगात्मक परीक्षा प्रति खण्ड एक विषयका लागि शुल्क रू.१५०/
  • दुई वा सोभन्दा बढी विषयका लागि प्रयोगात्मक परीक्षा शुल्क रू.२७५/
  • फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रू २७५/
  • ६) परीक्षा शुल्क बुझाउने सम्बन्धमा :

क) काठमाण्डौ उपत्यका भित्रका क्याम्पस र प्राइभेट परीक्षार्थीहरूले त्रि.वि.कीर्तिपुर/बल्खु परिसर भित्र रहेको नेपाल बैंक लिमिटेड आम्दानी खाता नं. ०४५११६०००९९११०००००१० अथवा ग्लोबल बैंक लिमिटेडको आम्दानी खाता नं. ०५०१०१००००५०० मा परीक्षा सम्बन्धी शुल्कहरू जम्मा गरी प.नि.काको नाममा म्यानेजर चेक सहित परीक्षा फारम यस कार्यालयमा पेश गर्नुपर्नेछ ।

ख) काठमाडौं उपत्यका बाहिरका क्याम्पस र प्राइभेट परीक्षार्थीहरूले वल्खु स्थित नेपाल बैंक लिमिटेड अथवा ग्लोबल बैंक लि. वल्खु शाखाबाट अथवा काठमाडौं उपत्यका भित्रका कुनै पनि बैंकबाट भुक्तानी पाउने गरी । त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको नाममा म्यानेजर चेक बनाई फारम साथै पेश गर्नु पर्नेछ । ग) क्षे.प.नि.का. विराटनगर क्षेत्रका क्याम्पस तथा प्राइभेट परीक्षार्थीहरूले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क

ग) त्रि.वि. क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगर च.हि.नं. १०४००१००९२२१२००००००१ नेपाल बैंक लिमिटेड, बजार अड्डा शाखा, विराटनगरमा रकम बुझाएको भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

घ) क्षे.प.नि.का, नेपालगञ्ज क्षेत्रका क्याम्पस तथा प्राइभेट परीक्षार्थीहरूले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि.वि.क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, नेपालगञ्ज को च.हि.नं. २१०१०१०००००७६ ग्लोबल आइ. एम. इ. बैंक लिमिटेड, त्रिभुवन चोक बाँकेमा रकम बुझाएको भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

ङ) क्षे.प.नि.का.पोखरा क्षेत्रका क्याम्पस तथा प्राइभेट परीक्षार्थीहरूले परीक्षा सम्वन्धी सम्पूर्ण शुल्क त्रि.वि. क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय, पोखराको च.हि.नं. ०९१००१०११०१३४००००००१ नेपाल बैक लिमिटेड बगर शाखा, पोखरामा रकम बुझाएको भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा वुझाउनु पर्ने छ ।

च) क्षे.प.नि.का. अत्तरियाको हकमा काठमाण्डौ त्रि.वि.प.नि.का.बल्खु परीसरमा रहेको ग्लोवल बैंक लिमिटेडको आम्दानी खाता नं. ०५०१०१००००५०० मा अथवा नेपाल बैंक लिमिटेड आम्दानी खाता नं. ०४५११६०००९९११०००००१०मा परीक्षा सम्बन्धी शुल्कहरू जम्मा गरी त्रि.वि.प.नि.का.को नाममा म्यानेजर चेक सहित परीक्षा फारम यस कार्यालयमा पेश गर्नुपर्नेछ ।

परीक्षा दिन पाउने अवधि सम्बन्धमा त्रिभुवन विश्वविद्यालय कार्याकारी परिषद्बाट पारित निर्णय नं. १२३ बमोजिम ३ बर्षे शैक्षिक कार्यक्रमका विद्यार्थीहरूले पहिलो पटक परीक्षामा सम्मिलित (परीक्षा फारम भरेको) भएको वर्षबाट ७ वर्षभित्र पाठ्यक्रमले तह पूरा गर्न तोकेको सम्पूर्ण आवश्यकताहरू पूरा गरी सक्नुपर्नेछ । प्राइभेट परीक्षार्थीहरूका लागि निम्न लिखित परीक्षा केन्द्रहरू तोकिएका छन् । परीक्षा आवेदन फारम ती केन्द्रहरूबाट पनि निःशुल्क प्राप्त गर्न सकिनेछ । तर फारम सम्बन्धी सम्पूर्ण शुल्क फारम साथै यस कार्यालयमा बुझाउनुपर्नेछ ।

९) समयावधि थप सम्बन्धमा :

२०६५ पौष १४ गते बसेको त्रि.वि सभाको बैठकबाट पारित भए बमोजिम कुनै परीक्षार्थी दृष्टिविहिन, सुस्त मनस्थिति भएका वा हात सम्बन्धी गम्भीर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारिक निकायबाट दिइएको अपाङ्गता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणितपत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सोभन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।

पुनश्चः

यस वर्ष देखि Online परीक्षा आवेदन फारम भर्ने व्यवस्था गरिएकोले सम्बन्धित क्याम्पसहरूले मिति २०७६ साल असार मसान्त सम्म आफ्नो क्याम्पसमा VPN जडान गरी यस कार्यालय वा सम्बन्धित क्षेत्र प, नि, का, संग आबद्ध भई परीक्षा आवेदन फर्म इन्ट्री गर्न सकिनेछ । थप जानकारीको लागि फोन नं. ०१४२७७५८५ र सम्बन्धित क्षे. प. नि. का. मा सम्पर्क गर्न सकिनेछ । द्रष्टव्यः एयर डकुमेण्ट, हुलाक वा कुरियरद्वारा पठाइएका फारमहरू यस कार्यालयले कुनैपनि हालतमा बुझ्ने छैन । यो सूचना त्रि. वि. प. नि, का, को website: www.tuexam.edu.np मा पनि हेर्न सकिनेछ ।

सूचनाको पूर्ण पाठ :

सम्बन्धित खबरहरु