काठमाडौ । समता अस्पताल र समता स्कुलको चर्चा त सबैले सुनेकै हो । १ सय रुपैयाँमा नै सबै तहमा पढाउने स्कुल र १ सय रुपैयामा नै सबै किसिमका उपचार गर्ने अति सस्तो र सुविधा सम्पन्न स्कुल र अस्पताल खेलेको उत्तम सञ्जेलको चर्चापनि खुबै थियो ।

तर आज उनैलाई नराम्रो वित्यास आईपरेको छ । अस्पतालमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेपछि समता अस्पताल सञ्चालक उत्तम सञ्जेल र उनकी श्रीमती पक्राउ परेका छन् ।

अस्पतालमा सरसफाइको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले अस्पताल संचालक सञ्जेलसहित ४ जनालाई पक्राउ गरेको जनाएको छ ।

गएराती अबेरसम्म विमला घर नगएपछि रातभर खोजतलास गरेका आफन्तले प्रहरीको सहयोगमा अस्पताल पुगेर हेर्दा उनी झुन्डिएको अवस्थामा भेटीएपछि प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

विमलाका आफन्तले आक्रोशित बन्दै अस्पतालमा तोडफोड समेत गरेर सिसा फुटाइदिएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।

सम्बन्धित खबरहरु