काठमाडौं । बागलुङ हरिचौरस्थित काशीराम गौतम हिजोआज कहिले गृह मन्त्रालय, कहिले काठमाडौं जिल्ला अदालत त कहिले पुल्चोकस्थित उच्च अदालतमा भेटिन्छन् ।

बुहारीको माइती पक्षले दिनुसम्म दुःख दिएपछि उनी सुरक्षा र न्याय माग्दै काठमाडौं आइपुगेका हुन् । ५–६ वर्षअघि उनका छोरासँग नाटकीय रूपमा बिहे गरेकी सुस्मिता पौडेलका माइती पक्षले अहिले धम्की दिँदै धनसम्पत्ति माग्न थालेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘लामो समय विदेश बसियो, यहाँको समाजसँग त्यति घुलमिल हुन पाइएन, छोराको बिहेको कुरा अघि बढ्यो । आफन्तबाटै अघि बढ्यो ।

तर सम्पत्तिको प्रलोभनमा केटी पक्षले नाटकीय बिहे गराएको रहेछ, बिहेको सातआठ दिनमै केटी पक्षबाट डिभोर्स गर्ने निर्णय भयो, त्यसपछि पैसाको बार्गेनिङ थालियो ।’

उनका अनुसार सम्पत्तिको प्रलोभनमा परेर बेहुलाका केही आफन्त र बेहुली पक्षकाले केटीलाई फकाएर ‘नाटकीय रूपमा’ बिेह गर्न लगाएका रहेछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो पनी हेर्नुहोस्, सरकारले जीटुजी प्रत्रियाबाट मल खरिद गर्ने निर्णय गरे पनि तत्काल आउने सम्भावना न्युन देखिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय स्रोतका अनुसार अनुसार भारतको स्वामितवमा रहेको एमएमटी र एसटीसी कम्पनीले असराभित्र मल दिन नसक्ने पत्र पठाएका छन् ।

‘जीटुजीका लागि दुई सरकारबीच सम्झौता भएको अवस्था छैन । मल खरिद गर्न पैसा पनि पठाएका छैनौँ’, ती अधिकारीले भने, यस्तो अवस्थामा असारमै मल दिन नसक्ने पत्र प्राप्त गरेका छौँ ।’

मल अभाव भएपछि साताअघि सरकारले जीटुजी प्रक्रियामार्फत खरिद गर्ने निर्णय गरेको थियो। गत बिहीबार सरकारी निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पनि जीटुजीबाट खरिद गर्ने निर्णय गराएको जानकारी दिएका थिए।

सरकारले निर्णय सार्वजनिक गर्नुअगावै ती दुई कम्पनीले तत्काल मल उपलब्ध गराउन नसक्ने जानकारी मन्त्रालयलाई गराएको थियो । ‘सरकारले निर्णय सार्वजनिक गर्नुअघि नै पत्राचार गरेको थियो’, ती अधिकारीले भने, ‘ती कम्पनीले पनि टेन्डर गर्नुपर्ने भएकाले सम्भव नभएको जवाफ पायौँ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित खबरहरु