काठमाडौ । आज साँझ भएको बस दुर्घटनामा २५ जनाको ज्यान गएको छ । यस बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । बसमा जम्मा ६० जना सवार भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सडक भन्दा बस झण्डै ५०० फीट गहिरो खोल्सामा परेको जनाइएको छ । साँघुरो र पहाडी सडकखण्ड भएको हुँदा ठुलो दुर्घटना भएको हो । भारतको हिमाचल प्रदेशको कुल्लूमा भएको बस दुर्घटनामा २५ जनाले ज्यान गुमाएका हुन् ।

कुल्लूको बान्जार नजिकै दुर्घटना भएको भारतीय अधिकारीहरुले बताएका छन् । दुर्घटनाको खबर पाउँने वित्तिककै प्रहरी त्यसतर्फ लागेको छ । स्थानीय र प्रशासनको बलमा उद्धार कायृ भइरहेको छ ।

कुल्लूका एसपी शालिनी अग्निहोत्रीले बसमा ६० जना यात्रु भएको कुरा पुष्टि गर्नुभएको छ । उनका अनुसार अहिलेसम्म १५ जनाको शव निकालिएको छ । जानकारी अनुसार बस कल्लू बान्जार क्षेत्र देखि एक किलोमीटर अगाडी भियोठ मोड़ नजिकै अचानक खेल्सामा खसेको थियो ।

घाइतेहरुमा धेरैको अवस्था चिन्ताजनक भएको हुँदा मृतकहरुको संख्यामा पनि वृद्धि हुनसक्ने अनुमान गरिएको छ । घाइतेहरुको उपचारका लागि उचित प्रवन्ध गर्न लागिएको अधिकारीहरुले बताएका छन् । यो दुर्घटना आज अपरान्ह ४ बजे तिर भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

मृतकहरुको नाम खुल्न सकेको छैन । हिमाचल नेपालीहरुको बाहुल्यता भएको क्षेत्र भएको हुँदा नेपालीहरु पनि परेको हुनसक्ने आशंका गरिएको छ । हिमाचलमा नेपालीहरु काम गर्नको लागि धेरै जाने गर्दछन् ।

यस्तै यस राज्यमा नेपालीहरुले व्यापार व्यवसाय पनि गर्दै आएका छन् । बसमा क्षमता भन्दा धेरै यात्रु राखेको खुल्न आएको छ । उक्त बसमा जम्मा ४८ सिट रहेकोमा ६० जनालाई लिएर गइरहेको थियो । News Source

 

सम्बन्धित खबरहरु