काठमाडौ । केही समयमा नै भाइरल भएको लोक गीत गलबन्दी गायक प्रकाश सपुतलाई सोही गीतको गलपासो लागेको छ । ट्रेन्डिङ नम्बर वानमा रहेको गीत ‘गलबन्दी’ विरुद्ध चोरीको उजुरी परेपछि उनलाई झड्का लागेको हो । गायक तथा संगीतकार शम्भु राईले नेपाल प्रतिलिपि अधिकार रजिष्टर्डको कार्यालय कालिकास्थानमा उजुरी दिएका हुन् ।

‘मैले आज उजुरी दिएको हुँ । यस विषयमा आइतबार छलफल हुँदैछ,’ राईले भने,‘ मैले गीत चोरीको आरोप लगाएको होइन । लय मिलेको हुनाले आफ्नो श्रृजनाको मायाँ गरेको हुँ ।’ प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयले छलफल गराएपछि सहमति नभए प्रहरीलाई सिफारिस गर्नेछ ।

सम्बन्धित पक्षको छलफल र राय सुझावको आधारमा रजिष्टार कार्यालयले सपुतलाई पक्राउ गर्ने वा नगर्ने निर्णय गरी प्रहरीलाई पठाउनुपर्ने छ ।

राइले आफूले संगीत र स्वर दिएको ‘जोर मादल बजाउँदै घर आगनमा झिलिमिली बनाउँ आफ्नै गाउँमा’ बोलको देउसी भैलोको लय मिलेको दाबी गर्दै आएका छन् । यता अर्का गायक प्रकाश सपुतले भने आफूले उक्त गीत सुन्दै नसुनेको दाबी गरेका छन् ।

सम्बन्धित खबरहरु