एजेन्सी । बलिउड फिल्म जगत पछिल्लो समय लगातार शोक परिरहेको छ । कसैका पिता, कसैकी श्रीमती त कसैका पर्सनल सचिवको मृत्युले बलिउड शोकमा डुबेको छ ।

अहिले सबैभन्दा चर्चित प्रोड्यूसर तथा भारतिय सेन्सर बोर्डका पूर्व अध्यक्ष पहलाज निहलानीका छोरा अर्थात अभिनेता विक्कीकी पत्नी जस्टिन निहलानीको दुखद निधन भएको छ । १६ जूनका दिन मुम्बईको जसलोक अस्पतालमा भर्ना भएकी उनको आज निधन भएको हो ।

उनको निधनले पुरै बलिउड शोकमा डुबेको छ । अधिकांश चर्चित कलाकारहरु उनको अन्तिम संस्कारमा भेला भए । पहलाज निहलानीकी बुहारी जस्टिन निहलानीको प्रार्थना सभामा बुधवार जुहू (मुंबई) स्थित इसकाँन मन्दिरमा हज्जारौ समर्थक भेला भए ।

सोनाक्षी सिन्हा आफ्नी आमा र भाईका साथ पहलाज निहलानीकी बुहारीको प्रार्थना सभामा पुगेकी थिइन् । जो उनका पिता शत्रुघ्न सिन्हासँग अत्यन्तै नजिकका मित्र थिए ।

सुनील शेट्टी, पूनम ढिलो, फिल्म जगतका चर्चित फिल्म निर्माता डेविड धवन, बलिउड अभिनेता जैकी श्रॉफ, फिल्म निर्माता बोनी कपूर, निर्माता जोड़ी अब्बास, अभिनेता शक्ति कपूर। अभिनेत्री अमृता अरोड़ा लगायत चर्चित कलाकार उक्त प्रार्थना सभामा पुगेका थिए । News Source 

सम्बन्धित खबरहरु