आज बर्षकै सबैभन्दा लामो दिन : यसकारण अति महत्वपूर्ण छ


काठमाडौ । आज यस वर्षकै विशेष दिन पर्न गएको छ । आज जून २१ तारिख अर्थात वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुने जानकारी दिइएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा ५ बजेर ९ मिनेट जाँदा सुर्योदय भएको छ भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ । यो वर्ष आजको दिन लामो हुने भएको हो । अर्को महत्वपुर्ण कुरा भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ।

यस्तै, नेपालमा अहिले गर्मी चर्को हुँदै गएपनि आजदेखि औपचारिक रुपमा गर्मी सुरु भएको मानिदै आएको छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छन ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्नेबारे त्रिविको अत्यन्तै जरुरी जानकारी (सुचनासहित हेर्नुहोस्)
त्रिविले गर्यो नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
पाकिस्तानले दियो नेपालका ५०० विद्यार्थीलाई छात्रवृत्ति
यसकारण पाल्पाका बालबालिका गणितमा कमजोर
त्रिविले गर्यो परीक्षा तालिका सार्वजनिक (तालिकासहित हेर्नुहोस्)
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता