काठमाडौ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको विरुद्ध ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव चन्दले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

विज्ञप्तिमा उल्लेख भए अनुसार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित खबरहरु