काठमाडौ । बीर अस्पतालमा अलिक नौलो तस्वीर देखिएको छ । निलम्बित भएका सांसद रेशम चौधरीको उपचारका क्रममा उनलाई खुट्टामा नेलले बाँधिएको छ । ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना भएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले जानकारी दिए।

रेशम बस्न र उठ्न सक्ने अवस्थामा नरहेको निर्देशक सेन्चुरीले बताए। सुरक्षाकर्मीले रेशमलाई अस्पतालको शैयामै नेलले बाँधेका छन्। सुरक्षाका कारणले उनको खुट्टामा नेल लगाइएको हो। गत फागुनमा टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

०७२ भदौ ७ गते ९ जनाको निधन हुने गरी भएको घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बनमा परेका थिए। कैलाली जिल्ला अदालतको फैसलापछि उनी डिल्लीबजार कारागारमा आफ्नो जेल जीवन बिताउँदै आएका थिए। उनी कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन्। उनको यो तस्वीर बाहिर आएपछि प्रहरी प्रशासनले पञ्चायतको झल्को दिउको भन्दै आलोचना भइरहेको छ ।

सम्बन्धित खबरहरु