काठमाडौ । विदेशी भूमीबाट सारा नेपाली लज्जित हुने खबर आएको छ ।

केन्यामा समेत नेपाली युवतीहरु अवैध यौन धन्दामा रहेको खुल्न आएको छ । त्यहाँको प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको खबर अन्र्तराष्ट्रिय सञ्चार माध्यममा आएको छ ।

उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो ।

त्यसक्रमा प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ । प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’लाई बताएका छन् ।

प्रहरीले उनीहरुलाई लुंगालुंगा सीमाबाट पछ्याएको थियो । तर, कसरी सफल रुपमा केन्या प्रवेश गरे भन्ने आश्र्चयको विषय रहेको प्रहरीले बताएको छ ।

केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीविरुद्ध कडाइ गरेको छ । उनीहरुलाईपनि यौन व्यवसायका लागि ल्याईएको हुनसक्ने बताइएको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित खबरहरु