रितिक अधिकारी  धनुषा । जनकपुर अञ्चल अस्पतालमा सुत्केरी गराउँन गएकी महिलामाथी चिकित्सकले गम्भीर लापरवाही गरेको आरोप लागेको छ । चिकित्सकले गम्भीर लापरवाहीका कारण एक महिलाको होस ४ दिनदेखि खुल्न नसकेको बताइएको छ । जनकपुर अञ्चल अस्पतालका डाक्टरको लापरवाहीले सुत्केरी महिलाको पाठेघर नै फाल्नुपरेको र त्योपनि उपयुक्त तरिकाले नहुँदा ज्यान जाने अवस्थामा पुगेको आरोप लागेको हो ।

व्यथा लागेपछि बटेश्वर गाउँपालिका ४ शान्तिपुरकी पुनिता यादव जेठ २८ मा अञ्चल अस्पताल जनकपुरमा भर्ना भइन् । सुरुमा चिकित्सकले नर्मल रुपमै डेलेभरी हुने भन्यो । पछि अप्रेशन गरेर मात्र बच्चा जन्मिने बतायो । अभिभावक सहमत भए । अप्रेशनपश्चात् पुनिताले छोरी जन्माइन् ।

अप्रेशन गर्दा अत्यधिक रक्तस्राव भएपछि पुनिता बेहोस् भइन्। कुरुवाको रुपमा रहेका उनका ससुरा जोगेन्द्र यादव चिन्तामा डुबे। रक्तस्रोव नरोकिदा पुनिता पीडाले बोल्न पनि नसक्ने अवस्थामा पुगिन्। चिकित्सकले उनका ससुरालाई भन्यो– ‘पाठेघर फालेपछि मात्र रक्तस्राब बन्द हुन्छ।

बाध्य भएर ससुरा जोगेन्द्र फेरि सहमत भए। र पुनिताको पाठेघर निकालेर चिकित्सकले फाले।’ अहिलेसम्म बच्चालाई पनि आइसियु कक्षमै अस्पतालले राखेको छ। यसरी लापरबाही गर्ने चिकित्सक उल्टै धाकधम्की लगाउने गरेको ससुरा जागेन्द्रको गुनासो छ।

यस्तो किन भएको भनेर सोध्दा हप्काउने गरेको भनेर भन्दै जोगेन्द्रले प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञान कुमार यादवलाई समेत सुनाई सके । तर, मन्त्री यादवले उनको कुरामा रतिभर पनि ध्यान दिन सकेनन् ।

अस्पतालमा हिजो शनिबार धनुषा चेम्बर अफ कमर्सले ‘वाटर डिस्पेन्सर’ हस्तान्तरण कार्यक्रम राखेका थिए । प्रमुख अतिथि थिए– प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव। कार्यक्रम चलिरहेकै बेला जोगेन्द्रले मन्त्री आएको कसैबाट जानकारी पाए।

उनी दौडेर कार्यक्रम चलिरहेको पछाडि आइपुगे। धेरैले उनलाई घेर्न खोजे। पछि मन्त्री यादवले के भयो भनेर बुझे। त्यसपछि मन्त्रीले जोगेन्द्रलाई बोलाएर घटनाबारे जानकारी लिए । घटना सुनाइरहँदा जोगेन्द्रको आँखा रसायो। रोइकराइ गरेर चिकित्सकको लापरबाही विषयमा मन्त्री समक्ष कुरा राखे ।

तर मन्त्री यादवले यस घटनालाई गम्भिरता पूर्वक लिनुपर्नेमा साधारण रुपमै लिएर कार्यक्रम र तस्वीरको माला मोहले मावनता र कानुन हराएको भनेर प्रमाणित गरे । उनले कुनै आश्वासन दिन सकेनन् । के भएको हो बुझ्छु समेत भन्न सकेनन् । उनी खिन्न बनेर फर्किए ।

सम्बन्धित खबरहरु