काठमाडौं । जनताले विकासका लागि भनेर भोट दिएर पठाएका धेरै सांसद त संसद बैठकमा हुँदैनन् । संसदमा आएपछि सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चल्नु सामान्य कुरा हो । तर आज आईतबार बसेको प्रतिनिधी सभा बैठकमा चलेको जुहारी निकै रोचक भयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी कुरा मात्रै गर्दै हिडेको भन्दै नाम अब झुटबहादुर ओली राख्नु पर्ने बताए ।

बैठकको शुन्य समयमा बोल्दै कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकार पुर्णरुपमा असफल भएको दाबी गर्दै प्रधानमन्त्रीले काम भन्दा बढि हावादारी कुरा गर्दै हिडेकोले प्रधानमन्त्रीको नाम झुट्प्रसाद ओली राख्दा फरक नपर्ने स्पष्ट पारे ।

उनले भने ‘सरकार हरेक काममा असफल भइरहेको छ । काण्डै काण्डमा फसेको छ । जथाभावी कर बढाएर उहाँ करप्रसाद ओली बन्नु भएको छ। उहाँले झुटको खेती गरेकोले उहाँको नाम ‘झुटप्रसाद ओली’ उपनाम राख्दा केही फरक पर्दैन ।

सरकारका मन्त्रीहरु पनि हावादारी गफ गर्दै हिँडेका छन् ।’ सांसद चौधरीको अभिव्यक्तिलाई प्रतिवाद गर्दै सत्तापक्षका सांसद झपटबहादुर रावलले प्रधानमन्त्रीको नाम बिगारेको भन्दै आपत्ति जनाए । उनले कटाक्ष हान्दै सत्तारुढ दलका सांसदले पनि कांग्रेसका सभापति शेर बहादुर देउवाको नाम नै फेर्न पुगे ।

उनले शेरबहादुरको नाम ‘छेरबहादुर’ राख्दा तपाईहरुलाई आपत्ति हुन्छ कि हुदैन ? भन्दै प्रतिप्रश्न गरे । सांसद रावलले भने, ‘हामीले यस्तो बोल्दा जनताले के सिक्ने ? सम्माननीय प्रधानमन्त्रीको नाम बङ्ग्याएर ‘करप्रसाद, झुटप्रसाद’ राख्नुभयो ।

प्रतिपक्षी दलको नेताको जो आदरणीय हुनुहुन्छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सट्टा हामीले ‘छेरबहादुर’ भन्न बाध्य भए के हुन्छ ?’ सांसद रावलले संसदमा बोल्दा सभ्य भाषाको प्रयोग गर्न भन्दै उक्त भनाई संसदको रेकर्डबाट हटाउन माग पनि गरेका छन् ।

सम्बन्धित खबरहरु