शन्देश लामिछाने । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको २५ औं स्थापना दिवस एवम् रजत वर्ष, २०७६ शुभारम्भ समारोह शनिवार पर्वत सदरमुकाम कुश्मा वजारमा भव्यतापुर्वक सम्पन्न भएको छ ।

आज भन्दा २५ वर्ष पहिले सामाजिक अभियान्त विश्व प्रकाश प्रसाईको पहलमा पर्वत जिल्लाको वाजुङ गा.वि.स.मा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको स्थापना भएको थियो ।

वि.सं. २०५२ साल बैशाख १६ गतेका दिन प्रारम्भिक भेला गरी संस्थाको विधान पारित गरे पश्चात असार ७ गतेका दिन जिल्ला प्रशासन कार्यालय पर्वतमा संस्था दर्ता भए पश्चात हरेक वर्ष संस्थाले सो दिन स्थापना दिवसको रुपमा मनाउदै आई रहेको छ ।

संस्था स्थापनाको अवसरमा संस्थाले ३ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी अन्तिम दिन मुल समारोहको आयोजना गरेको हो । संस्थाको २५ औं स्थापना दिवस तथा रजत वर्ष शुभारम्भको अवसर पारी रोटरी एम्वुलेन्स सेवाको समेत शुभारम्भ गरिएको छ ।

नेष्डो नेपाल तथा अमरिटिका प्रतिष्ठान, नेपालको आर्थिक साझेदारीमा रोटरी क्लव अफ पर्वतद्वारा सो एम्वुलेन्स सञ्चालन गर्न लागिएको छ । समारोहमा संस्थाका संस्थापक अध्यक्ष प्रसाई, सञ्चालक सदस्य होम बहादुर पुर्जा पुनले रोटरी क्लव अफ पर्वतका अध्यक्ष सावित्री खत्री क्षेत्री लगायत पुर्व अध्यक्षहरुलाई चाबी हस्तान्तरण पश्चात एम्वुलेन्स सेवाको औपचारिक शुभारम्भ गरिएको हो ।

यहाँको युनिभर्सल पार्टी प्यालेसमा आयोजित मुल समारोहमा कार्यक्रममा संस्थाले विभिन्न क्षेत्रमा आर्थिक सहयोग समेत गरेको छ ।

रोटरी एम्वुलेन्स सेवाको दिगो सञ्चालनको लागि रु ५१ हजार अक्षय कोष सहयोग, पर्वत जेसिजलाई रु ३५ हजार सहयोग, हालै विद्युत सर्ट भई आगलागीमा परेको रेडियो पर्वतलाई रु १५ हजार सहयोग, ब्रम्हाकुमारी राजयोग प्रशिक्षण केन्द्र, कुश्मा शाखालाई रु १० हजार सहयोग गर्नुका साथै पाङ, चुवा र थापाठाना स्थायी बसोवास गरी हाल विभिन्न अस्पतालमा उपचार गराई रहेका दिर्घ बिरामीहरुलाई जनही रु १० हजारको दरले रु ३० हजार उपचार सहयोग हस्तान्तरण गरिएको छ ।

यसै गरी समारोहमा संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको तर्फवाट पर्वत जेसिजलाई रु १० हजार, लायन्स क्लव अफ भुमेकोटलाई रु १० हजार, रोट्याक्ट क्लव अफ पर्वतलाई रु १० हजार, रोट्याक्ट क्लव अफ पर्वत पोखरालाई रु १० हजार, स्थानीय वालमन्दिर प्रा।वि। लाई रु ७ हजार ५ सय र गुप्तेश्वर वेदवेदाङ पाठशालालाई रु ५ हजार सहयोग गनु भएको थियो ।

यसै गरी संस्थाले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ । विशेष गरी भ्रमण वर्ष २०२० को पुर्व सन्ध्यामा संस्थाले विभिन्न क्षेत्रवाट पर्वतलाई परिचित गराउन योगदान गरे वापत ७ जनालाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा कुश्मा ज्ञादी झोलुङ्गे पुल, निर्माण समितिका अध्यक्ष श्री शिव शर्मा पौडेल, कुश्मा वलेवा यान्त्रिक पुलका अध्यक्ष श्री होम नारायण श्रेष्ठ, पर्यटन व्यवसायी श्री नन्दु पुन, कुश्मा वलेवा झोलुङ्गे पुल, निर्माण समितिका अध्यक्ष श्री मिन प्रसाद श्रेष्ठ, कुश्मा मुडिकुवा झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष श्री वालकृष्ण तिवारी, कुश्मा खरेह ज्ञादी अधिकारी फाँट झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष श्री नारायण शर्मा अधिकारी र निर्माणधिन एशियाकै ठूलो साहशिक खेल वन्जिपुलका अध्यक्ष श्री राजु कार्की रहनु भएको छ ।

कार्यक्रममा सम्मानित व्यक्तित्वको तर्फवाट वोल्दै कुश्मा वलेवा यान्त्रिक पुलका अध्यक्ष श्री होम नारायण श्रेष्ठले औधोगिक व्यवसायिक कार्य स्वयम्का लागि मात्र नभै समाजको लागि हुन भन्ने कुरालाई आजको सम्मानले अनुभुत गराएको वताउदै नेष्डो नेपालको अनुकरणीय कार्यको वारेमा चर्चा गर्नु भयो । रोटरी क्लव अफ वाग्लुङ्गका अध्यक्ष रो। विना कार्कीले रोटरी क्लव अफ पर्वतले महिला नेतृत्व पाएसंगै धेरै मानवीय सेवामा सफलता हासिल गरेको वताउदै छिमेकी दुई क्लव विच सहकार्य गरेर अगाडी वढने वताउनु भयो ।

यसै गरी कार्यक्रममा कुश्मा नगरपालिकाका उपमेयर श्री सिता काफ्ले लामिछानेले सानो वजेटमा गैर सरकारी संघसंस्थाले प्रभावकारी काम गर्न सक्ने वताउदै यसलाई स्थानीय सरकारले पनि अवलम्वन गर्नुपर्ने वताउनु भयो । नेपाली काँग्रेस पर्वतका उपसभापति श्री दुर्गा वहादुर खत्रीले देशमा कोरा राजनीति हावि भएकाले समृद्धी आउन नसकेको भन्दै सामाजिक संघसंस्थाहरुको कामलाई स्रहाना गर्नुपर्नेमा जोड दिनु भयो ।

यसरी गरी शुभकामना मन्तव्य राख्नु हुँदै नेपाली काँग्रेस, पर्वतका पुर्व सभापति श्री नवराज गुरुङले संस्था स्थापनादेखि नै आँफूले अभिभावकत्व दिने अवसर पाएको र संस्थाले समाजको लागि अनुकरणीय कार्य गरेको वताउनु भयो । उहाँले विगतमा संस्थाले हासिल गरेका उपलव्धीहरुलाई जीवन्त राख्दै भविस्यमा थप गतिशिल वनाउन सवै लाग्नुपर्ने वताउनु भयो ।

समारोहमा संस्था सञ्चालक समितिको तर्फवाट र कर्मचारीको तर्फवाट संस्थापक अध्यक्ष प्रसाईलाई छुट्टाछुट्टै अभिनन्दनीय सम्मान गरिएको थियो भने संस्थापक अध्यक्षवाट समारोहमा अत्यन्त मार्मिक कला प्रदर्शन गर्ने कलाहरुलाई अध्यक्षीय सम्मान गर्नु भएको थियो ।

यसरी सम्मानित हुने कलाकारहरुमा खैरेनीटार शाखाका प्रवन्धक श्री सुक वहादुर पुन, क्लवचोक शाखाका केन्द्र प्रवन्धक श्री निमश्री राना, प्रधान कार्यालयका वरिष्ठ लेखा सहायक श्री अनिता सोती, थापाठाना शाखाका प्रमुख श्री सुविना पुन, खर्वाङ शाखाका प्रमुख श्री होम वहादुर थापा तथा सहयोगी कलाकार एवम् शाखा प्रमुखहरु श्री महादेव गौतम, पुरन वहादुर वगाले, इन्द्र हमाल, धन कुमारी कमर, निशा थापा लगायत हुनुहुन्छ ।

यसै गरी गायन तर्फ दमौली शाखाका स।प्रवन्धक श्री सन्तोष अधिकारी, माडी शाखाका प्रमुख श्री जमुना भुषाल लगायतलाई पनि अध्यक्षीय सम्मान गरिएको थियो । समारोह संस्थापक अध्यक्ष श्री विश्व प्रकाश प्रसाईको अध्यक्षता, रोटरी क्लव अफ पर्वतका अध्यक्ष श्री सावित्री खत्री क्षेत्रीको सहअध्यक्षता एवम् संस्थागत प्रतिज्ञा साथै संस्थाका महासचिव श्री प्रेम प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

.

सम्बन्धित खबरहरु