काठमाडौ । लोकसेवा आयोगको विज्ञापनविरुद्ध परेका ४ उजुरी उपर आज अन्तिम फैसला हुने भनिएको थियो । आयोगले गत जेठ १५ मा ९ हजारु १ सय ६१ कर्मचारीका लागि विज्ञापन माग गरेको थियो । उक्त विज्ञापन समावेशी तथा समानुपातिक सिद्धान्त बाहिर गएर प्रकाशन गरिएको बिषयमा एउटा उजुरी परेको थियो ।

यस्तै संसदको राज्यव्यवस्था समितिले आफ्नो क्षेत्राधिकार मिचेको भन्दै अर्को उजुरी दर्ज भएको थियो । यस्तै विज्ञापनले स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरुलाई बेवास्ता गरिएको दाबीसहित ४ थान मुद्दा दायर भएका थिए। सर्वोच्चले यी ४ थान निवेदनमा पहिलो सुनुवाई गर्दै अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीशद्धय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलाशमा यो विवादका चारै वटा मुद्दालाई सँगै राखेर सुनुवाइ गर्न लागिएको हो। तर विज्ञापनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रीटमाथिको सुनुवाई आज फेरी बुधबारका लागि सरेको छ ।

आइतबार दिनभर बहस भए पनि रीट निवेदककै तर्फको बहस नसकिएकाले बुधबारका लागि सारिएको हो । आइतबार रीट निवेदकका तर्फकै बहस पनि सकिएको छैन । लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रीट परेको छ ।

आइतबार सबै रीटलाई एकै ठाउँमा राखेर न्यायाधीशहरु हरिकृष्ण कार्की र डा। आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ । उक्त रीटमाथि सरकारी वकिलको बहस र लोकसेवा आयोगको तर्फबाट जवाफ बाँकी नै रहेको छ ।

उक्त विज्ञापन रोक्ने वा नरोक्ने भन्ने बिषयमा अदालतमा आज सुनुवाइ हुने भनिएको थियो । सर्वोच्चले सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरेमा लोकसेवा आयोगको विज्ञापन रोकिनेछ। तर त्यो के हुन्छ भन्ने निचोड अब बुधबार नै निस्किनेछ ।

अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेमा आयोगले विज्ञापनअनुसार परिक्षा सञ्चालन गर्न पाउनेछ। दुवै पक्षको छलफलपछि बुधबार हुने निर्णयले लोकसेवा आयोगको विज्ञापनबारे कानुनी बाटो खुल्नेछ।

आयोगले गत १५ जेठमा ९१६१ कर्मचारीका लागि विज्ञापन माग गरेको थियो । जस्को लागि फाराम भर्ने अन्तिम समय १० असारसम्मलाई तोकिएको छ । अयोगका अनुसार डबल दस्तु तिरेर १७ असारभित्र फाराम भर्न सकिनेछ । यो बीचमा झण्डै साढे २ लाखले लोकेसवाको विज्ञापन फाराम भरिसकेका छन् ।

सम्बन्धित खबरहरु