एजेन्सी । त्रिशा कृष्णन दक्षिण भारतकी सबैभन्दा चर्चित अभिनेत्री हुन् । उनको क्षमता र सुन्दरताको हर कोही तारिफ गर्दछन् । उनै अभिनेत्री अहिले जन्मदिन मनाईरहेकी छिन् । उनी ३६ बर्षकी भइन् । उनको जन्मदिनमा उनका प्रसंसक समर्थकको मात्र हैन बलिउडका गन्ने मान्ने कलाकारहरुको शुभकामनाको आइरो लागिरहेको थियो ।

केही ट्वीटर, फेसबुकमाफर्त उनको खुलेरै प्रसंसा गर्दै शुभकामना दिएका थिए । जब सबै सामान्य भइरहेको थियो । त्यही बेला अभिनेत्री चार्मी कौरले उनको जन्मदिनको शुभकामना फेसबुकमा पोस्ट गरिन् ।

उनको त्यो पोष्टले दुनियाँकै ध्यान तान्यो । २००६ मा रिलिज भएको चलचित्र पोरामनी ’की अभिनेत्री चार्मी कौर ले जन्मदिनमा तृषासँग बिबाहको प्रस्ताव गरिन् । त्यो देख्दा सबै चकित बने । लौ महिला महिलाबीच बिबाह भनेर सबै आत्तिएका कमेण्ट गरे ।

चार्मीले निक्कै सामिप्यताको तस्वीरसँगै एक हार्दिक नोट लेखिन् । बेबी आई लव यू आजबाट हामी हरेक क्षणसँगै रहन्छौ, मलाई यो अनुमती देऊ, अब कानूनी रूपबाटै अनुमति दिईसकेको छ । हामी एक अर्काका बनौँ । त्रिशाले चार्मीको जन्मदिनको शुभकामना र यो प्रस्ताव जब ट्वीट गर्दै धन्यवाद दिईन् अनि गयो भूईचालो । पहिले नै स्वीकार गरेकी थिए ।

अब त दुनियाँले थाहा पाओस् भन्दै उनले नी लेखिन् । यो देखेपछि अब भारतमा पहिलो पटक लेस्बियन बिबाह हुँदैछ । त्योपनि चर्चित अभिनेत्रीहरुबाटै । यसले समाजमा क्रान्ति ल्याउँने विश्वास गरिन्छ । News Source

 

सम्बन्धित खबरहरु