काठमाडौ । मोरङ–मोरङमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुढीगंगा गाउँपलिका–१ स्थित कोशी राजमार्गमा ना.४ ख १९०५ नम्बर ट्याङकरले को.३६ प ३०५९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २८ वर्षीय संजिव पौडेलको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबरहरु