कञ्चनपुर । पछिल्लो समय सरकारले गरेको दमनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, कन्चनपुरले मशाल जुलुस प्रदर्शन गरेको छ । प्रतिबन्धीत नेकपा समूहले मसाल जुलुस समेत निकालेपछि स्थानीय चकित बनेका छन् । मन्त्रीपरिषद्बाटै सरकारले प्रतिबन्धित गरेको नेकपाले कसरी निकाल्यो यो मसाल जुलुस भन्दै स्थानिय चकित भएका हुन् । सुरक्षाको आश्वासन दिइरहेको प्रहरीले यो के हेरिरहेको छ भन्दै केही स्थानीय अचम्बित भएका थिए ।

भिमदत्तनगर र शुक्लाफाँटा नगर क्षेत्रमा सोमबार साँझ मशाल जुलुस निकाल्दै नेकपाले राज्यले आफुहरुलाई शान्तिपुर्ण तरिकाले राजनीतिक गतिविधि सञ्चालन गरिरहेका बेला दमन गरेको भन्दै सरकारले देशलाई जर्वजस्त द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएको छ । शुक्लाफाँटामा मशाल जुलुसपछि नेपाले कोणसभा गरेको थियो । कोण सभालाई सम्बोधन गर्दै स्थानीय नेताहरुले सरकारले अनावश्यक दमन गरेको भन्दै यो सरकारको अन्त्य अनिवार्य हुँदै गईरहेको बताए ।

सम्बन्धित खबरहरु