काठमाडौ । लगतारको वर्षापछि जिल्लाका विभिन्न ठाउँमा १७ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा भएको वर्षा पछि १७ जनाले ज्यान गुमाएका छन् भने ११ जना भन्दा धेरै घाइते भएका छन् । भारतको उत्तर प्रदेशको लखनउमा वर्षापछि १७ जनाले ज्यान गुमाएका हुन् ।

हरदोईमा सबैभन्दा धेरै तीनजनाले ज्यान गुमाएका छन् । मौसम विभागले दिएको जानकारी अनुसार अबको ४८ घण्टाभित्र राज्यको सबै क्षेत्रमा मनसुन पुग्ने देखिएको छ । यो बिचमा अझ ठुलो क्षति हुन सक्ने भन्दै सावधान रहन अपिल गरिएको छ । आइतबार राज्यका धेरै स्थानमा वर्षा भएको थियो ।

वर्षा हिजो पनि रोकिएको थिएन् । धेरै जनाले चट्याङका कारण ज्यान गुमाएको प्रहरीले जानकारी दिएको छ । शाहजहांपुर, अमेठी, सीतापुर, गाजीपुर, जालौन र बलरामपुरमा २–२ अर्थात १२ जनाले ज्यान गुमाएका छन् ।

फतेहपुर, बदायूं व गोंडामा १–१ अर्थात ३ जानले ज्यान गुमाएका छन् । बलरामपुरमा पूर्व ग्राम प्रधान समेत दुई जनाको पानीमा डुबेर ज्यान गएको छ । यो बिचमा ११ जना गम्भीर घाइते भएका छन् । वर्षापछि १० गाइवस्तुसँगै ७ वटा घरहरु पनि पुर्ण रुपमा ध्वस्त भएका छन् ।

यता नेपालमापनि मनसुन सुरुसँगै भारी बर्षा हुन थालेको छ । केही स्थानमा डुवान समेत हुन थालेको छ । नेपालकोपनि मौसम पूर्वानुमान विभागले यस्तो सूचना जारी गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/१० देखि २०७६/०३/१२) दिउँसोः देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०९ देखि २०७६/०३/११ ) देशको पूर्वी र पश्चिमी भूभागहरुमा सामान्य बदलि तथा मध्य भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्वी तथा पश्चिमि भेगका केहि स्थानहरुमा साथै मध्यका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०९ देखि २०७६/०३/११ ) देशैभरि आंशिक देखि सामान्य बदली रही पुर्वका र पश्चिमका केहि स्थानहरु साथै मध्यका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।


आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०८ देखि २०७६/०३/१० ) देशको पश्चिमी भूभागहरुमा सामान्य देखि पूर्ण बदलि तथा पूर्वी र मध्य भेगमा आंशिक देखि सामान्य बदली रही पुर्वका तथा मध्य थोरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।पश्चिमी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहको छ । उच्च हिमाली भूभागमा हिमपात को नि सम्भावना रहेको छ

नेपालमा मनसुनको अवस्था (Monsoon update ) गत असार ०५ गते (२० जुन) देखि पूर्वी भेगबाट नेपालमा प्रवेश गरेको मनसुन क्रमश मध्य भू-भाग हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा आज असार ०८ गते सुदुर पश्चिम सम्मै फैलेको छ। News Source 

सम्बन्धित खबरहरु