काठमाडौ । बाबा राम रहीमको दुश्कर्म सबैलाई थाहा छ । हज्जारौलाई दुश्कर्म गरेको र धेरैको ज्यान लिएको आशंका तथा केहीमा प्रमाणित गर्दै अदालतले दोषी ठहर गरेको थियो । तर अहिले आएर उनै बाबालाई अभिषेक छिटा दिएर चोख्याउने खेल सुरु भएको छ । राज्य सरकारका जेल मन्त्रीले नै उनलाई उन्मुक्तिको संकेत दिएका छन् ।

दुश्कर्म तथा ज्यान लिएको कार्यमा दोषी राम रहीम अब जेल बाहिर हुनसक्ने आशंका बढेको हो । हरियाणाका जेल मन्त्रीको इशाराले त्यही संकेत गरेको छ । गुरमीत राम रहीम असल रहेकाले प्रशासनबाट उनलाई उमुक्ति दिनसक्नेछ ।

उनले भने २ साल जेल भुक्तान गरेपछि जो कोही अपराधि मुक्तिका लागि माग दावी गर्न सक्नेछन् । अब बाबाको चाल चलन ठीक छ भने उमुक्ति माग्न सक्छन् । यता रामरहिमलेपनि उन्मुक्तिको माग राख्ने सोचमा छन् ।

राम रहीमको काराबास मुक्तिका लागि जेल मन्त्री कृष्ण पंवारले भने बाबाको आचरण ठिक देखिएको छ । जेलले यस्तै रिपोर्ट दिएको छ । बाँकी जेलबाट मुक्ति गर्ने या नगर्ने फैसला कमिश्नरको हो ।

सम्बन्धित खबरहरु