काठमाडौ । अस्पतालको बेडमा सानो बाबु सुतिरहेका छन् । उनी ब्लड क्यान्सरले निक्कै थलिएका छन् । सुक्क–सुक्क गर्न बाहेक केही बोल्न सक्दैनन् । उनका दाजुपनि सानै छन् । छेउमा बसेका छन् । बारम्बार सुम्सुम्याउछनु । बाबुलाई जन्मदिने आमाको अनुहारपनि याद छैन ।

बाबुलाई भने देख्यो भने चिन्न सक्लान् । उनीहरुका बाबा आमा यही धर्तीमा छन् । तर सानै उमेरदेखि छोडेर अन्यत्र छन् । उनीहरुलाई अलपत्र छोडेर हिँडेका छन् । बाबु आमाले साथ छोडेपनि दाजु भाई संघर्ष गरेर बाँचिरहेका थिए । यस्तै दुखियाको घरमा बज्रपात परेर आयो । आमा बाबु जिउँदै भएपनि टुहुरा, बेसाहारा बनेका यी नेपाल आमाका सन्तानमा अब ठूलो विपत्ति आइलाग्यो । करिब एक दशक देखि दाजुभाई आमाबुवाको संरक्षण बिनानै हुर्किएका थिए । बाबु १३ बर्षको भएका छन् । आमाबुवाको माया कस्तो हुन्छ भन्ने दाजुभाईले अनुभव गर्ने मौका पाएनन् ।

त्यही दाजुभाईको यस्तो जोडीलाई फेरी दैव लाग्यो । भाईको अवस्था निकै चिन्ताजनक छ । अस्पतालको शैयामा भाईलाई सुताएर दाई भाईको जिवन रक्षाको भिख मागिरहेका छन् । बाबुआमाको न्यानो काख र माया त उनीहरुले पाएनन् अहिले दाजुभाईकै माया पनि छुट्ने हो की भन्ने त्रासमा बारम्बार भक्कानिन्छन् । कालिकोट शान्ति त्रिवेणी गाउँपालिका वडा नं १ का हिमराज गिरी जसलाई अहिले ब्लड क्यान्सर भएको छ ।

उनको स्वास्थ्य उपचार र जीवन रक्षाका लागि नविन गिरी अहिले भिख मागिरहेका छन् । आमाबुवाले सानैमा साथ छोडेर गएका कारण एक्लिएका नविन अहिले भविष्यको सहारा सम्झेका भाईलाई पनि ब्लड क्यान्सर भएपछि उनी भाईको साथ छुट्ने हो की भन्ने डर छ । दाजुभाई सानै छँदा आमाले अर्कैसँग विवाह गरिन् ।

जन्मदिने आमाले अर्काविवाह गरेपछि बुवाले पनि सौतेनी आमा भित्र्याए । पछि बुवा पनि सौतेनी आमाकै घरमा गएर बस्न लागेपछि यि दाजुभाईको अभिभावकको छाँया खोसियो । भाईलाई कालिकोटमै हुँदा ज्वरो आउने र निकै थकाइलाग्ने भएकाले उपचारका लागि सबैको सहयोग जुटाएर काठमाडौं आएर अस्पताल पुर्याए अस्पतालमा चिकित्सकले भाईलाई ब्लड क्यान्सर भएको सुनाएपछि नविनको पाइताला मुनिको जमिन भासियो ।

१३ वर्षको भाई अस्पतालको शैयामा छन्, उनी सो भाईको जीवन रक्षाको लागि रोएर अपिल गरेका छन् । उनले आँशु झार्दे भने, अहिले मेरो भाईलाई जसरी भएपनि बचाईदिनु भाई निको भएपछि म सबैको ऋण तिर्छु ‘। चिकित्सकले उनको भाईको उपचार सम्भव भएको तर त्यसका लागि ठूलो रकम आवश्यक पर्ने बताएका छन् । तर आमाबुवाकै संरक्षण नपाएका यि दाजुभाईले ठूलो रकम कसरी ल्याउने ? त्यसैले सबैसंग सहयोगको अपिल गरेका छन् ।

उनीहरुलाई सहयोग गर्नका लागि ९८६१९९६१९८ र ९८४४८९१६५६ मा सम्पर्क गर्नुहोला । सक्नेले आर्थिक सहयोग गरिदिनुहोला । प्राविधि वा भौगोलीक रुपमा सहयोग गर्न नसकेपछि एक सेयर गरिदिनुहोला । तपाईको सेयर सम्भव हुनेकासम्म पुग्नेछ । यसैले यी बाबुको जीवन बाँच्नेछ । सक्दो सेयर गरौँ । Source Link

सम्बन्धित खबरहरु