काठमाडौं । पछिल्ला दिनहरुमा बजारमा टमाटर महंगो हुँदै गएको छ । मंहगी हुनुको अर्थ यसको धेरै खपत भइरहेको छ । अर्थात माग धेरै भएका हुनाले पुर्तिमा अभाव देखिएको छ । नेपाल अहिले पनि नेपालीहरुको माग पुर्तिका लागि बाहिरबाट टमाटार ल्याउन बाध्य भएको छ । टमाटर खानुका फाइदाहरुमा यसले हाम्रो शरीरमा रगत उत्पादन गर्ने कुरामा सहयोगी भुमिका खेल्न सक्छ । तर धेरै खाँदा यसले हाम्रो स्वास्थ्यमा गम्भीर खालको असर पनि गर्ने गर्दछ । आज हामी टमाटर धेरै खाँदा हुने असरबारे कुरा गर्न गइरहेका छौं ।

  • टमाटर आवश्यक्ता भन्दा धेरै सेवन तपाईको एसिडिटी कारण बन्न सक्छ । जब तपाई धेरै अमिलो सेवन गर्नुहुन्छ तब तपाईको पेटमा अम्लीयता बढ्न जान्छ र एसिडिटीको कारण बन्न जान्छ ।
  • टमाटर खाँदा यस भित्र भएको बियाँ पनि तपाई खानुहुन्छ । यसले पत्थरीजस्तो डरलाग्दो रोगको आविष्कार गर्नमा ठुलो मद्धत गर्ने गर्दछ । यसको बियाँहरु सजिलै मिर्गौलासम्म पुग्ने भएकाले यस्तो खतरा धेरै हुन्छ ।
  • टमाटरमा भएको टरपीन्स नामक तत्व तपाईको शारीरिक दुर्गन्धको कारण हुनसक्छ । टमाटर आएपछि आउने यसको विघटन, शरीरमा दुर्गन्ध उत्पन्न गर्ने गर्दछ ।
  • यदी तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने तपाईले टमाटर कम सेवन गर्नु लाभदायक हुन्छ । धेरै टमाटर खानु भने पनि एक प्रकारले ग्यास्ट्रिक उत्पन्न गर्नुजस्तै नै हो ।
  • अहिले बजारमा पाइने टमाटर पुर्ण रुपमा अर्गानिक हुँदैनन् । अहिले बजारमा आर्कषक देखाउनको लागि अनेकथरी विषादी मिलाएर टमाटर बेच्ने गरिन्छ । यो टमाटर तपाईका लागि बेचैनी, ब्लडप्रेशर र अन्य स्वास्थ्य समस्याको कारण हुन सक्छ ।

सम्बन्धित खबरहरु