मुम्बई । कलाकारितामा सम्बन्ध जोड्नु र तोड्नु अति सामान्य भएको छ । हरेक दिन कसै न कसैको सम्बन्ध विच्छेद भएका खबरहरु बाहिर आउँने गर्दछन । अहिले पछिल्लो समय चर्चामा रहेका टाइगर श्रॉफ र दिशा पाटनीको सम्बन्ध विच्छेदका खबरहरु बाहिर आएका छन् । टाइगर श्रॉफ र दिशा पाटनी बलीवुडमा सबैभन्दा चर्चामा रहेका जोडी हो । उनिहरुको जोडीलाई लिएर उनीहरुका फ्यानहरु निकै खुःशी छन् । उनीहरु गएको ३ वर्षदेखि प्रेममा भएको चर्चा हुने गरेपनि उनिहरु आफैंले भने यो कुरा स्विकार गरेका थिएनन् । उनिहरुले सार्वजनिक स्थानमा देखाउने व्यवहारले उनिहरु प्रेम सम्बन्धमा रहेको कुरा स्पष्ट देखाउथ्यो । तर अहिले सार्वजनिक खबरका हनुसार टाइगर श्रॉफ र दिशा पाटनीको सम्बन्ध टुटेको छ । गएको केही हप्दा देखि उनिहरुका बिचमा ठुलो खाडल खडा भएको बुझिएको छ । उनिहरुले अब सम्बन्धमा रहेर भन्दा पनि एक्लाएक्लै काम गर्ने बताइएको छ । अहिले दिशाको आदित्य ठाकरेसँगको सम्बन्ध बलियो बन्दै गएको ब्याख्या भइरहेको छ । उनिहरुले एकसाथ खाना खाने देखि लिएर अरु पनि सँगै गर्न थालेको विश्लेषण भइरहेको छ । दिशा र टाइगरको विचारमा मेल नभएको धेरैको बुझाइ रहेको छ । उनिहरुका बिच विवाद भएपछि उनिहरुलाई सम्झाउने प्रयास पनि गरिएको तर सम्भव नभएको बताइएको छ । उनिहरु अब सम्बन्धमा नरहने पनि मित्रता भने रहने विशेष श्रोतको दाबी रहेको छ । टाईगर र दिशाले प्रेम र विछोड दुबैका बारेमा कुनै जानकारी दिएका छैनन् ।

सम्बन्धित खबरहरु