मुम्बई । सलमान खान बलिउडमा मात्रै नभई विश्वभर चर्चामा रहेको नाम हो । उनै खान सन २००७ देखि २००८ को बिचमा फ्लप भएको धेरैको बुझाई रहेको छ । सलमान यस कुराले दुःखी देखिएका थिए किनभने उनको करीयर समाप्त हुन्छ भनेर धेरैले अनुमान लगाउन थालेका थिए । यस्तो संकटको समयमा सलमानलाई बोनी कपूरको एक फिल्म ‘वान्टेड’ मा काम गर्ने मौका मिल्यो जसको निर्देशन प्रभुदेवाले गरेका थिए । यस चलचित्रमा अभिनेत्रीका रुपमा आयशा टाकियालाई लिइएको थियो । यसबाट राम्रो गर्न सकिन्छ भन्ने धेरैलाई लागेको थिएन ।

तर जब सन २००९ मा चलचित्र प्रदर्शनमा आयो अनी सुपरहिट साबित भयो । यो चलचित्र पछि खानले आजसम्म पछाडी फर्केर हेर्नुपर्ने अवस्था आएको छैन । यस चलचित्रले सलमानलाई सुपरस्टार बनाउन सफल भयो । अहिले वान्टेडको अर्को भाग बनाउने तयारी भइरहेको हल्ला बजारमा आएको छ । सलमान अहिले ‘दबंग ३’ को काममा व्यस्त देखिएका छन् । उनको ‘भारत’ ले पनि राम्रो कमाई गर्न सफल भएको छ । सलमानसँगै प्रुभदेवा पनि दबंगमा काम गरिरहेका छन् ।

जानकारी अनुसार वान्टेडको पनि नयाँ भाग निर्माण गर्ने तयारी भइरहेको छ । सलमानले अभिनय गरेर चर्चामा आएका चलचित्रहरु फेरि फेरि निर्माण हुन थालेका छन् । वान्टेडका निर्माता बोनी कपूर यस चलचित्रलाई लिएर उत्साहित देखिएका छन् । प्रभुदवाले ‘वान्टेड २’ मा सलमानसँग काम गर्ने इच्छा व्यक्त गरेका छन् । अब प्रभुदेवा अहिले यसमाथि काम गर्न सुरु गरेका छन् । यदी सम्भव भयो भने वर्षको अन्त्य तिर नयाँ चलचित्र ‘वान्टेड २’ का बारेमा आधिकारीक जानकारी पाइनेछ ।

सम्बन्धित खबरहरु