यि जवानले गृहका सह–सचिवको गाडी लक गर्न माथिको निर्देशन पर्खेनन् : जनताबाट स्यावासीको ओइरो


काठमाडौ । राजधानी काठमाडौको प्रमुख समस्या हो सडक ट्राफिक अस्तव्यस्त । यसलाई सहज बनाउँन नेपाल सरकारले विभिन्न नियम लागू गरेको छ । लागू भएका नियमको कार्यन्वय गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई दिएको छ । यसका लागि महाशाखाले आफ्ना जवान देखि अधिकृत, उच्च तहका अधिकारी सम्म सडकमा खटाउँछ । सडकमा खटिएका प्रहरी जवानले आज सबैको स्याबासी पाउने काम गरेका छन् । गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीले नियम बिपति गाडी राखे । नियम मिच्ने उक्त गाडीमा जवानले लक लगाएका छन् । अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेका वेला सरकारी नम्बर प्लेटको गाडीमा लक लगाइएको हो । सुवेदी गृह मन्त्रालयका प्रवक्ता समेत हुन् ।

 

महाशाखाका प्रमुख वसन्त लामालाई आफूलाई घटनाबारे जानकारी आएको बताउँदै सोधपुछ भइरहेको बताए । उनले उक्त लक माथिको आदेश नपर्खि आफ्नो जिम्मेवारी पुरा गरेको र गाडी गृहकै उच्च अधिकारीको परेकाले रिपोटिङ भने गरेका छन् । प्रहरीका अनुसार पार्किङ गर्न निषेध गरिएको ठाउँमा बा २ झ ३४६ नम्बरको गाडी राखेर सुवेदी खाना खान निस्एिका थिए । प्रत्यक्षदर्शीका यज्ञम्बर श्रेष्ठका अनुसार लक लगाएपछि कर्मचारीले ट्राफिक जवानलाई धम्क्याएका थिए ।

‘कानुन पालना गराउने निकायले कानुनको रखवाली गर्दै गरेका प्रहरी दाइलाई दवाब दिएर कारवाही फिर्ता गराउन खोज्ने ?’, श्रेष्ठले प्रश्न गरेका छन्, ‘त्यति मात्रै होइन, फोनमार्फत कुरा गराएर ती प्रहरीलाई नै तर्साउन खोज्ने ? भन्दै उनले पोष्ट गरेका छन् । उनले ती कर्मचारीको सरुवा गरिने आशंका गर्दै सामाजिक सञ्जालमा भनेका छन्, ‘होसियार हामीले हेरी राखेका छौं ।’ त्यसपछि यो तस्वीर भाइरल भएको छ । यत्रतत्र सेयर भएको छ । दुनियाँले ती जवानलाई स्यावासी दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई, ११ र १२ को परिक्षाको सूचना यसरी आएको रहेछ
एसईई, ११ र १२ को परिक्षा बारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com