काठमाडौ । राजधानी काठमाडौँको नयाँबानेश्वरस्थित पाँचतारे दी एभरेस्ट होटेलले बुधबार थुप्रै पदहरुमा कर्मचारी माग गरेको छ । भुकम्पपछि बन्द रहेको होटेल पुनर्निर्माणपछि पुनः सञ्चालनमा आउन लागेको हो । त्यसका लागि होटेललाई आवश्यक जनशक्ति माग गरेको हो । होटेलले सेल्स एन्ड मार्केटिङ, फ्रन्ट अफिस, हाउस किपिङ, इन्जिनियरिङ, फुड एन्ड बेभरेज प्रडक्सन, फुड एन्ड बेभरेज प्रडक्सन सर्भिस र फाइनान्स डिपार्टमेन्टका लागि थुप्रै पदमा आवश्यक जनशक्ति माग गरेको हो । रिक्त पदहरुमा आवेदन दिन इच्छुक उम्मेदवारहरुले समान पदमा रही कुनै पनि चारतारे वा पाँचतारे होटेलमा काम गरेको अनुभव हुनुपर्ने छ । त्यस्तै अंग्रेज भाषामा सरलताका साथ बोल्न सक्ने र राम्रो व्यक्तित्व तथा विदेश भाषाको ज्ञान भएकालाई विशेष प्राथमिकता दिइने होटेलले जनाएको छ।

इन्छुक उम्मेदवारहरुले जुलाई २ सम्म आवश्यक डुकुमेन्टसहितको अपडेट सीभी र कभर लेटरहित होटेलको ई–मेलमा आफ्नो आवेदन पठाउन सक्ने छन् । थप जानकारीका लागि तलको विज्ञापन हेरौँ

सम्बन्धित खबरहरु