काठमाडौ । लोक सेवा आयोगको विभिन्न कार्यालयले नेपाली सेनाका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ । पोखरा कार्यालयबाट मिति २०७६/३/०६ गते संचालित नेपाली सेनाको बि.नं. ०७५/७६/५३ सैन्य पदको श्री नं. ३ बाहिनी अड्डा, तनहुँ भर्ना छनौट केन्द्रको लिखित परीक्षाको नतिजा सम्वन्धी सूचना प्रकाशित भएको छ । यसैगरी लोक सेवा आयोग खोटाङ कार्यालयबाट मिति २०७६/३/०६ गते संचालित नेपाली सेनाको बि.नं. ०७५/७६/५३ सैन्य पदको श्री नं. १८ बाहिनी अड्डा, भुल्के व्यारेक, गाईघाट भर्ना केन्द्रको लिखित परीक्षाको नतिजा सम्वन्धी सूचना प्रकाशित छ । साथै लोक सेवा आयोग दिपायल कार्यालयबाट मिति २०७६/३/०६ गते संचालित नेपाली सेनाको बि.नं.५३/०७५/७६ सैन्य पदको श्री स.प.पृतना हे.क्वा. राजपुर, दिपायल भर्ना केन्द्रको लिखित परीक्षाको नतिजा सम्वन्धी सूचना प्रकाशित छ ।

सम्बन्धित खबरहरु