काठमाडौं । पछिल्लो समय नेपालमा डरलाग्दो संस्कारको विकास भइरहेको छ । बाटोमा हिडिरहेको व्यक्तिलाई कोही आउँछ अनी एचाआईभी क्लबमा स्वागत छ भन्दै सुई रोपेर जान्छ । काठमाडौंमा सिरिन्ज आक्रमणले डरलाग्दो स्वरुप लिने संकेत देखिएको छ । यो बिचमा प्रहरीले एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति १२ बजे महाराजगंजबाट रामेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई सिरिन्ज आक्रमणको आरोपमा पक्राउ गरिएको जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले रामेछापका उनलाई गएराती महाराजगन्जबाटै पक्राउ गरेको हो । उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ पछि उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताए । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने भएको छ । आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै केही युवतीले उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको हो । सिरिन्ज आक्रमणमा परेका भनिएका केही युवती अहिले पनि अस्पतालमा उपचाररत छन् । यता प्रहरीले यो अपराध रोक्नको लागि जन सहयोग आवश्यक भएको भन्दै गुहार लगाइरहेको छ ।

सम्बन्धित खबरहरु