काठमाडौं । यस वर्ष पनि हरेक वर्ष जस्तै एकजना केटा र अर्को केटी विद्यार्थी उत्कृष्ठ भएका छन् ।

कपिलवस्तु स्थायी घर भई बुटवलमा अध्ययनरत सविना सुवेदीले एसईई परिक्षामा ४ जिपिए ल्याएर सबैलाई पछि पार्न सफल भएकी छिन् । बुटवलको कालिका मानव ज्ञान माविबाट एसईई दिएकी सुवेदीले ४ जिपिए ल्याएकी हुन् ।

उनले ल्याएको ४ जिपिए सामुदायिक विद्यालय तर्फ देशकै पहिलो रहेको दाबी गरिएको छ । उनी कक्षा ८ देखि कालिका मानव ज्ञान बुटवलमा अध्ययनरत थिइन् । विद्यालयबाट २०७५ सालको एसईई परिक्षामा ३ सय ६७ जना विद्यार्थी सहभागी थिए ।

उनका बुवा श्याम सुवेदीले आफ्नी छोरीले ४ जिपिए ल्याएर सामुदायिक विद्यालय तर्फ देशकै पहिलो भएको दाबी गर्नुभयो । विद्यालयले देशमै उत्कृष्ट अंक ल्याएर सामुदायिक विद्यालय तर्फ पहिलो भएको जानकारी आफुलाई दिएको सुवेदीले बताउनुभयो ।

विहीबार प्रकाशित एसईई परिक्षामा उर्तिण विद्यार्थीले विभिन्न दाबी गर्न थालेका छन् । विगत तीन बर्ष देखि जिपिए प्रणालीबाट एसईईको नतिजा सार्वजनिक हुँदै आएको छ । यस्तै, यस वर्षको एसईई परीक्षामा काठमाडौंको टोखामा रहेको नेसनल मोडल साइन्स स्कुलका बिद्यार्थी रोजन पाण्डे सबै भन्दा बढी जिपीए ल्याउने बिधार्थी बनेका छन् ।

उनले ४ मा ४ जिपीए ल्याएको नेसनल मोडल साइन्स स्कुल जनाएको छ । स्कुलले रोजन नेपालकै सबै भन्दा बढी अंक ल्याउने विद्यार्थी भएको समेत दाबी गरेको छ ।

 

सम्बन्धित खबरहरु