काठमाडौं । नेपालमा अहिले भ्रष्ट्राचार गम्भीर रुपमा देखा पर्न थालेको छ । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमाधम पक्राउ गर्दै आएको छ । सवा दुई लाख रुपैयाँ घुससहित तीन कर्मचारीलाई हिजो पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरका कार्यालय प्रमुख डिभिजन इञ्जिनीयर अजितकुमार श्रीवास्तव र इञ्जिनीयर ग्रीष्मा ठगुन्ना तथा बारा प्रसौनी गाउँपालिकाका योजना शाखाका खरिदार विनोद यादवलाई घुस लिँदालिँदै पक्राउ गरेको जानकारी दिनुभयो । आयोगले सूचनाका आधारमा कञ्चनपुरका प्रमुख डिभिजन इञ्जिनीयर श्रीवास्तव र अर्का इञ्जिनीयर ठगुन्नाले सेवाग्राहीबाट दुई लाख र प्रसौनीका योजना शाखा खरिदार यादवले रु १५ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको उहाँले बताउनुभयो । कञ्चनपुरमा निर्माण सम्पन्न चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको बिल फर–फारक गराइदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा दुवै इञ्जिनीयरलाई आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरिएको हो । प्रहरीका अनुसार श्रीवास्तवले घुस खाएर चामलको बोरामा लुकाउन खोज्दा टोलीले पक्राउ गरेको हो ।

सम्बन्धित खबरहरु