काठमाडौ । मानिस कहिलेकाही भगवान सावित बन्छ । चलचित्रमा देखाइएको दृष्य बास्तविक बन्छन् । टर्कीको इस्तानबुलमा यस्तै भएको छ । एक १७ वर्षीय युवकले दुई तल्लामाथिबाट सडकमा खसेकी बच्चीलाई बीचैमा समातेका छन्। उनी त्यही उभिएर बसेको बेला माथीबाट बच्ची झ्यालबाट खस्छिन् ।

खस्दै गरेको देखेर उनले जमिनमा पछारीन नपाउँदै च्याप्पै समात्छन् । अल्जेरियाका फ्युजी जबातले नसमातेको भए ती बच्ची सडकमा बजारिन्थिन् र उनलाई जे पनि हुन सक्थ्यो। यसैले उनी अहिले विश्वभरी साक्षत भगवान भनेर फैलिएका छन् । दृष्य र भिडियो सर्वत्र सेयर भइरहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु