काठमाडौ । नेपाल सरकारले लामो समयदेखि प्रतिबन्ध लगाई राखेको नेपाल कम्युनिस्ट पार्टी माओवादीले असार २२ गते नेपाल बन्द गर्ने जनाएको छ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी पश्चिम केन्द्रका इन्चार्ज प्रतापले शुक्रबार एक विज्ञप्ति जारी गरी देशमा बढिरहेको भ्रष्टाचार महँगी जबरजस्ती करणीका घटनाहरु तस्करी तथा गुण्डागर्दीको भण्डाफोर गर्ने भन्दै नेपाल बन्दको घोषणा गरिएको जानकारी दिएका छन् ।

नेकपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको जनपक्षीय अधिकारमाथिको जोड, दलाल, भ्रष्टाचारी, महंगी, जबरजस्ती करणीका घटनाहरु तस्करी तथा गुण्डागर्दीको भण्डाफोर गर्ने उद्देश्यकासाथ असार २२ गतेका दिन नेपाल बन्दको आह्वान गरिन्छ उद्योगधन्दा शिक्षण संस्था सबै बन्द गरी दिन सबैलाई आग्रह गरेको छ ।’

यस्तो छ नेपाल कम्युनिस्ट पार्टी माओवादीद्धारा जारी प्रेस विज्ञप्तिको पूर्णपाठ

हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी देश जनताको न्यायको निम्ति सदैव संघर्षरत छ । हत्यारा फासिस्ट प्रतिकृयावादी संसदीय व्यवस्थाको दलालहरूको संयुक्त सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् । जनयुद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानूनलाई मुठीमा लिएर दमनकारी फासीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् ।

वर्तमान सरकारले नेपाली जनता र देश प्रती कुनै पनि किसिमको उत्तरदायी काम गरेको छैन । राष्ट्रको उद्योगधन्दा लिलाम गर्ने सरकारी जग्गा बेचबिखन गर्ने ठूला ठूला घटनाहरु दबाउने लुकाउने छलकपट गर्नेभन्दा सरकारले अरु काम गरेको छैन ।

जनताको जनपक्षीय अधिकारमा हाम्रो जोड दलाल भ्रष्टाचार महंगी बलत्कारि तस्करी र गुण्डागर्दीको भण्डाफोर गरौँ सम्पूर्ण राजबन्दी रिहाइका लागि असार २२ गते नेपाल बन्दको आव्हान गरेको हुँदा उक्त दिन उद्योगधन्दा यातायात सबै बन्द गरि सहयोग गर्दिन हुन आव्हान गर्दछौं । बन्द उलंघन गरी प्रहरीको स्कटिङमा गाडी चलाउनेलाई भौतिक कारबाही गरिनेछ । पश्चिम इन्चार्ज कमरेड प्रताब

 

सम्बन्धित खबरहरु