काठमाडौं । अहिले विश्वमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चर्चा चुलिएको छ । उनको बोल्ने अन्दाज र विदेश नीतिलाई लिएर अहिले विश्वभर चर्चा भइरहेको छ । लामो समय देखि अमेरिका र रुस एक अर्काका दुश्मन भएको बताइन्छ । तर वास्तवमा त्यस्तो केही पनि नभएको ट्रम्प आफैं स्विकार गर्छन । यो बीचमा उनी आफ्ना रुसी समकक्षी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ठट्यौली शैलीमा देखिएका छन् । जापानमा जारी जी–२० सम्मेलनको बैठकपछि रुसी राष्ट्रपति पुटिनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले निकै ठट्यौली शैलीमा भने, ‘आगामी २०२० को चुनावमा हस्तक्षेप नगर्नुहोस् ।’ यस अघिको सन् २०१६ को अमेरिकी चुनावमा रुसको हस्तक्षेप रहेको ठोस प्रमाण सार्वजनिक भएपछि यी दुई राष्ट्रपतिको यो पहिलो भेट भएको हो । आगामी चुनावलाई लक्षित गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले मुस्कुराउँदै रुसी राष्ट्रपति पुटिनलाई हस्तक्षेप नगर्न भनेका हुन् । ट्रम्पले यस्तो भन्दा रुसी राष्ट्रपति पुटिन पनि हाँसेका थिए । अमेरिकी कांग्रेसले डानाल्ड ट्रम्पको जितमा रुसको ठुलो हात रहेको बताउँदै आएका छन् ।

सम्बन्धित खबरहरु