काठमाडौं । नेपालका विभिन्न लोककलासँग सम्बन्धित चित्रहरुको पाँच दिवसीय प्रदर्शनी काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनी हलमा शुक्रबार सुरु भएको छ । प्रतिष्ठानको लोककला विभागले आयोजना गरेको प्रदर्शनीको उद्घाटन एक समारोहका बीच प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गर्नुभयो । त्यस अवसरमा कुलपति कर्माचार्यले आजका सबै कलाको जननी लोककला भएकोले यस्ता कार्यशाला र प्रदर्शनीमार्फत् लोककलाको संरक्षण र विकास गरिने बताउनुभयो । प्रदर्शनीमा जम्मा ८२ वटा कला चित्र राखिएको छ भने उक्त प्रदर्शनी असार १७ गतेसम्म संचालन हुने छ ।

लोककला विभागले गत माघमा सप्तरी, फागुनमा दाङ र जेठमा काठमाडौंमा छुट्टाछुट्टै कार्यशाला सञ्चालन गरेको र ती कार्यशालामा र्सिजना गरिएका कलाकृतिहरु प्रदर्शनीमा राखिएको विभाग प्रमुख मिथिला देवी यादवले बताउनुभयो । विभाग प्रमुख यादवका अनुसार ती कार्यशालामा मिथिला, नेवार, थारु, अवधी, राजवंशी, मगर, किरात र तामाङ लोककलाका चित्रकारहरु सहभागी थिए ।

सम्बन्धित खबरहरु