काठमाडौ । शुक्रबार एक सार्वजनीक कार्यक्रम चलिरहेको थियो । नेपाल वित्तीय संस्था कर्मचारी संघले सामाजिक सुरक्षा विषयमा कार्यक्रम आयोजना गरेको थियो । बोल्ने पालो थियो चर्चित नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलेको । उनले प्रस्तुतीको सुरुवातमा नै १५ दिनभित्र बिहे गर्नुपर्ने छ अब लभ गर्न हतारो नगरी हुँदैन भने ।

कार्यक्रममा सहभागी सबै ट्वा परे । एकछिनपछि कार्यक्रममा सहभागिहरुले कुरा बुझे अनिलको त्यो कुरा गभर्नर चिरञ्जीबी नेपालप्रति व्यङ्ग्य थियो । त्यसपछि हाँसोको फोहोरा छुट्यो । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीतिपछि बिहे गर्नुपर्ने भन्दै त्योभन्दा अघि लभ गर्न बैंकहरुलाई निर्देशन दिएका थिए । उनले बिहे गर्नुपर्ने हो र माया गर्नुपर्ने तपाईहरु मर्ज नहुने भए फोर्स मर्जका लागि तयार हुनुहोस् भन्लै अभिव्यक्तिपनि दिएका थिए ।

त्यसपछि शुक्रबारको नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा सामाजिक सुरक्षा कार्यक्रम बिषयमा बोल्ने समयमा उनले यसो भनेका रहेछन् । शाहले राष्ट्र बैंक र सरकारले दिएको निर्देशन मान्न आफूहरु बाध्य हुने भन्दै सरकारले बैंक तथा वित्तीय संस्थालाई पत्र लेख्नुअघि नै त्यसको सम्बोधन गर्न पहल गर्न भनेका हुन् । ‘सरकारले दिएको निर्देशनलाई हामी कुनै पनि अवस्थामा नमान्न सक्दैनौं, लभ गर्न ७ दिनको समय छ, १५ दिनभित्र बिहे गर्नुपर्छ, म त लभ गर्न हिँडें’ शाहले भने ।

सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थाअनुसार बैंकका कर्मचारीहरु सो कार्यक्रममा जाँदा हाल पाउँदै आएको सेवासुविधा समेत कटौती हुने अवस्था आएपछि कर्मचारीहरुमा सो कार्यक्रममा जाने कि नजाने भन्ने बारेमा अन्यौलता उत्पन्न भएको छ । बाध्यकारी मानिएको सो कार्यक्रमले हाल बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको स्वायत्त कोषहरुलाई समेत कोषको दायरामा लैजाने व्यवस्था गरेको छ । यसले गर्दा कर्मचारीहरुले पाइसकेको सुविधा समेत गुम्नसक्ने डर कर्मचारीहरुमा छ ।

सम्बन्धित खबरहरु