कावासोती । विभिन्न पेशागत संगठनहरूले गरेको आन्दोलनप्रती पत्रकार महासंघ नवलपुरले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष होमराज रानाभाटले शुक्रबार प्रेस बिज्ञप्ति जारी गर्दै ,“केही दिन यता चुनाबमा भाग पनि लिने अनि पराजय पनि भोग्ने तर महासंघका बिरुद्ध आन्दोलन पनि मच्चाउन उद्दत केही पत्रकार संगठनका नाममा पत्रकार महासंघलाई कमजोर बनाउने खेल शुरु भएकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।” बताइएको छ ।

“पत्रकार महासंघ सबैको छाता संगठन हो भन्ने मान्यता कायम राख्ने हो भने चुनाबमा बिधिपुर्बक जितेर जाने नेतृत्वले निर्बाध रुपमा महासंघको बिधानलाई अक्षरशः पालन गर्दै अघि बढने परम्परा स्थापित मुल्य र मान्यता भित्र रहने ज्वलन्त बिषय हो ।” बिज्ञप्तिमा उल्लेख छ ।
महासंघले बिभिन्न पेशागत संगठनहरुले उठाएका मागहरुलाई संबोधन गरिसकेको भन्दै अनेक बखेडा झिकेर नेपाल पत्रकार महासंघलाई कमजोर बनाउने खेल कुनैपनि हालतमा सह्य नहुने बिज्ञप्तिमा चेतावनी दिईएको छ ।
वार्ताको माध्ययमबाट हल खोज्न भनिरहदा महासंघले भने सबै माग पुरा भईसकेको अबस्थामा वार्ता गर्नुको कुनै औचित्य नभएको स्पष्ट पारेको छ । बिज्ञप्तिमा सदस्यता शुद्धिकरण गर्ने लगायतका काममा महासंघ गम्भिर रहेको भन्दै बिधान अनुसार महासंघ अगाडी बढेकाले कसैले आन्दोलनका कारण महासंघ कमजोर नहुने स्पष्ट पारिएको छ ।

“महासंघ कुनै दलको बपौती होइन र हुन पनि दिने छैनौं जस्ले पत्रकारिता गरेको छ जो पत्रकार भएर नवलपुरमा क्रियाशील छ उ कुनै पनि संगठन निकट होस उसले सदस्यता पाउने कुरामा कुनै बिबाद नरहने स्पष्ट पार्न चाहान्छौं ” बिज्ञप्तिमा स्पस्ट पारिएको छ ।
महासंघले सबैलाइृ हातेमालो गरेर भवन निर्माणका लािग लाग्न आव्हान सकेत गरेको छ । महासंघ सबैको साझा र निर्वाचित सस्था भएकाले यसलाई कमजोर बनाउन लाग्नेहरुप्रति महासघले कडा रवैया अपनाउने चेतावनी बिज्ञप्ति मार्फत् दिईएको छ ।

“महासंघकै साधारण सदस्यता नभएकाहरु समेतको भीडले महासंघमा ताला लगाउने काम भएको छ ,सो ताला २४ घण्टा भित्र खोल्न महासंघ अनुरोध गर्दछ र महासंघले दिएको अल्टिमेटम भित्र ताला खोलिएन भने महासंघ आफै ताला फोडेर अघि बढ्ने पनि अनुरोध गर्दछ ।” बिज्ञप्तिमा चेतावनी दिईएको छ ।

महासंघ सरकारले ल्याएको बिधेयकका बिरुद्ध देशब्यापी आन्दोलित भएको उल्लेख गर्दे नवलपुरका केही पत्रकार आफनै संस्थाका बिरुद्ध जथाभाबी आन्दोलन गरेर महासंघ कम्जोर बनाउने खेलमा लागेको बिज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबरहरु