काठमाडौ । पछिल्लो पुस्ताकी चर्चित गायिका एक महिनाको अन्तरालमा नै गायिका निशु ढकालले अर्को सांगीतिक कोसेली लिएर आएकी छिन् । हरेक नेपालीको घर–घरको बाध्यता बनेको ‘वैदेशिक रोजगारी’ को पिडालाई गीतमा उतारेको एक महिना वित्दै गर्दा निशुले फेरी प्रेमको बखान गर्ने गीत ल्याएकी छिन् । गीतले प्रेमका पुजारी सबैको ध्यान तान्नेछ । निशुको ‘वर्षदिन भयो परदेश गाको’ बोलको गीतको म्युजिक भिडियोले चर्चा बटुलिरहेका बेला मेरो प्रेम भन्नुपनि तिमी, मेरो प्राप्ति भन्नुपनि तिमी भन्दै सुरुवाती शब्दले फेरी सबैलाई मोहित बनाउँने शब्द र स्वरमा उनले अर्को भिडियो मेरो प्रेम सार्वजनिक गरेकी हुन् ।

उनको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युबटुब च्यानलमा अपलोड भएको छ । गीतमा निशुको स्वर रहेको छ भने शब्द तथा संगीत नबिन के तिमिल्सिनाको रहेको छ । भिडियोमा किशोर र शारिकाको जोडीले जमेरै अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशनपनि नबिन के तिमिल्सिनाले नै गरेका छन् । भिडियोको क्यामेरामा सुनिल शाहीले साथ दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु