काठमाडौ । पछिल्लो पुस्ताकाबीच एक सफल उदाहारणको रुपमा देखिन सफल चर्चित मोडल सोनिका रोकाया अहिले व्यवसायमा व्यस्त छिन् । उनले लामो समय देखि काठमाडौंको दरवार मार्ग स्थित उड ल्याण्ड कम्पेलेक्सको पहिलो तल्लामा रहेको लिक्इड लाउन्च सञ्चालन गर्दै आएकी छिन् । हरेक साँझ अत्यन्तै व्यस्त रहने यहाँको माहोल खुबै रमणीय हुने गर्दछ । शान्त वातावरणमा मदिराको स्वाद त्यसमा पनि हरेक मौसम अनुसारको स्वादका पारखीको लागि यो त एक छुट्टै संसार हो । यहाँ परिवारसहित मान्छेहरु थकान कम गर्नको लागि साथै रमाइलो गर्नको लागि पनि आउँने गर्छन ।

हिजो साँझ लिक्इड लाउन्चमा पछिल्लो समयमा चर्चित कलाकार सागर लम्साल ‘बले’ पुग्दा त्यहाँको दृश्य केही फरक देखिएको थियो । कलाकारिता, सञ्चारकर्मी, युट्यबर लगायत धेरै क्षेत्रमा सफलता पाएकी सोनिका व्यवसायमा पनि सफलताको शिखर चुम्दै छिन । उनको लाउन्चमा हरेक क्षेत्रका मानिसहरुको सहभागिता रहने गर्दछ तर विशेष गरेर कलाकारहरुको धेरै बाहुल्यता रहेको छ ।

लोकेशनका हिसाबले पनि सेन्टर पर्ने भएको हुँदा साथिभाई बसेर रमाइलो गर्ने देखि लिएर चलचित्र, गीत भिडियोहरुको विज्ञापनका लागि पनि यो उपयुक्त ठाउ भएको छ । केही दिन पहिले पुर्व युरवराज पारस शाह यहाँ आएका थिए । पारसको रोकाया र उनको टिमले विशेष रुपले स्वागत गरेको थियो । उनको लाउन्चमा चर्चित कलाकार, गायक, गायिका, संगीतकर्मीसँगै पारिवारीक र कार्यालयमा भएको टेन्सन दुर गर्नको लागि आउँनेहरुको पनि कमि छैन ।

नेपाल पर्यटकीय सम्भावना भएको देश हो । नेपालमा पर्यटन व्यवसायको राम्रो भविष्य रहेको सोनिकाको बुझाई छ । अहिले रिल्याक्स हुनको लागि मानिसहरु थाइल्यान्ड लगायतका देशहरुमा लाखौं, करोडौं खर्च गरेर जान्छन । यदी थाइल्यान्डमा भएको जस्तो वातावरण नेपालमा पनि हुने हो भने नेपालीहरुले बाहिर जानुपर्ने आवश्यक्ता कम मात्रामा हुन सक्ने उहाँको बुझाई रहेको छ ।

यसै पर्यटन व्यवसायलाई प्रर्वद्धन गर्नको लागि अनेक प्रयासहरु सरकारी र नीजी दुवै क्षेत्रबाट भएका छन् । सोनिका पछिल्लो समय नेपाली समाजमा आमुल परिवर्तनका पक्षमा आवाज बुलन्द गर्दै आएकी एक संर्घषरत युवती पनि हुन् । उनले केही हप्ता पहिले अडिसनमार्फत आफ्ना लागि जीवनसाथि खोज्छु भनेको विषय खुबै चर्चामा आएको थियो ।

सम्बन्धित खबरहरु