काठमाडौं । सामाजिक सञ्जालमा प्राय सक्रिय रहने पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईका अहिले केही तस्वीर सार्वजनिक भएका छन् । आज देशैभरी विभिन्न कार्यक्रम गरेर रोपाईँ महोत्सव मनाइदैछ । यस महाकुम्भमा भट्टराई पनि सहभागी हुनु भएको छ । उहाँ गोरखा जिल्लाको पालुङटार नगरपालिकास्थित खोप्लाङ ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुग्नु भएको हो । भट्टराई अरु किसानसँगै रोपाईँ कार्यक्रममा सहभागी भएका तस्वीर फेसबकुमा पोस्ट भएका छन् । उहाँ खेतमा गोरु साउँदै गरेको देखिन्छन् भने कालो ह्याट, हाफ बाहुले कमिज र कट्टुमा हिलाम्मे देखिन्छन्। झट्ट हेर्दा कुनै किसान भन्दा कम्ता देखिएको छैन । भट्टराईले आफ्नो फेसबुकमा हो हो तारे हो हो ! हो हो माले होहो ! भन्दै असारे कामको रमाइलो माहोला झल्किने फोटो राखेपछि अहिले चर्चा सुरु भएको हो । हरेक वर्ष असार १५ लाई धान दिवसको रुपमा मनाउने गरिन्छ ।

 

सम्बन्धित खबरहरु