धार्मिक ब्युरो । इन्डोनेसियाको राजधानी जकार्ताबाट केवल १७ किलोमिटर उत्तरमा रहेको परमवानन् (त्रि-परमात्मा) मन्दिर विश्वको दोस्रो सबैभन्दा ठूलो र वैदिक वस्तुशास्त्रमा आधरमा निर्मित ब्रह्मा, विष्णु र शिवको संयुक्त मन्दिर हो | मुस्लिमहरूले मूर्ति तोडफोड गरे पनि मन्दिरहरू सुरक्षित छन् | मन्दिर परिसरमा ठूला तीनबटा, तेस भन्दा केही साना- तीनबटा (वाहन मन्दिर गरुड, हाँस र साँढे) र अन्य करिव ५०० बटा स-साना मन्दिरहरू छन् |

यो मन्दिरको निर्माण सन् ८५० मा तेस बेलाको राजवंश संजय गरेको विश्वास गरिन्छ | कम्वोडियाको शैली मै निर्मित यो त्रिदेव मन्दिर विश्वको आश्चर्यजनक धार्मिकस्थल मध्ये यो हो | नेपाल र भारतमा यो शैलीका एति भव्य देव मन्दिर छैनन् | मन्दिरभित्रका भित्ताहरूमा रामायण र भागवतका कथाहरूका आधारमा मूर्तिहरू कुँदिएका छन् | भागवतको रचना वोपदेवले सन् ११०० तिर गरेको हो भन्नेहरूका लागि पुन: अनुसन्धान गर्नुपर्ने देखिन्छ |

मुस्लिम वाहुल्य भए पनि इन्डोनेसियाका जनताले एसको राम्रो हेरविचार गरेका छन् | धर्मपरिवर्तन गरेर मुस्लिम बने पनि इन्डोनेसियाली जनताका नाम भने हिन्दू नै हुन्छन् | इन्डोनेसिया पुग्ने हिन्दू र गैरहिन्दूले यी महानतम वैदिक वास्तुकलाका जीवित प्रतिकृतिहरू हेर्नेपर्छ | हामी वैदिकहरूले आफ्नो जरोकिलो खोज्न र तेसको वारेमा जानकारी राख्नुपर्छ |

सम्बन्धित खबरहरु