एजेन्सी । दुबईका अरबपति राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैटौँ श्रीमती राजकुमारी हया बिन्त अल हुसैनले देश छाडेर भागेको खबर आएको छ ।

उनले करिब चार अर्ब ३३ करोड ६० लाख रूपैयाँसहित दुई बच्चा जलिला (११) र जायेद (७) लिएर भागेको अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । समाचारका अनुसार राजकुमारी हया लण्डनमा लुक्दै आएकी छन् ।

उनी जेर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी हुन् । समाचारमा जनाएअनुसार हया दुबईबाट भाग्नुअघि जर्मनी गएकी थिइन् । त्यहाँबाट उनले राजा शेख मोहम्मदसँग सम्बन्ध बिच्छेदन (तलाक) मागेकी थिइन् ।

अहिले राजकुमारी हयाले जर्मनीलाई राजनीतिक शरण दिन आग्रह गर्दै आएको जनाएको छ । जर्मनले नै उनलाई भाग्न मद्दत गरेको समाचारमा जनाएको छ । यदि, जर्मनीले राजकुमारीलाई राजनीतिक शरण दिए राजनैतिक संकट हुने दुबईले चेतवानी दिएको छ ।

यसैबीच राजकुमार शेख मोहम्मदले जर्मनीसँग आफ्नो पत्नीलाई फिर्ता पठाउन जर्मनसँग आग्रह गर्दै आएका छन् । तर, जर्मनी अधिकारीहरूले उनको अनुरोध अस्वीकार गरिदिएका छन् । यसले अन्र्तराष्ट्रिय रुपमा नै राजनीतिक हलचल आउँने आँकलन गरिएको छ । एजेन्सी

सम्बन्धित खबरहरु