काठमाडौ । जहाँ पदस्थापन भएपनि त्यहाँको लोकप्रिय बन्न सफल चिकित्सक डाक्टर गुणराज लोहनीलाई वर्तमान सरकारले अन्याय गरेको छ । स्वास्थ्य सेवा विभागको महानिर्देशक बनिसकेका डा. लोहनीलाई त्यो भन्दा तल्लो जिम्मेवारी कोशी अञ्चल अस्पताल विराटनगरको मेसु बनाएर पदस्थापन गरेको छ । स्वास्थ्य सेवा विभागका नि. महानिर्देशक डा गुणराज लोहनी यो जिम्मेवारीमा असन्तुष्ट छन् । तरपनि उनले रमाना लिएका छन् । उनी भोलिबाट नै विदामा बस्न सक्ने बताएका छन् ।

समायोजन पछिको पदस्थापनमा अञ्चल अस्पतालको मेसु पठाएपछि असन्तुष्ठ बनेका डा. लोहनीले हिँजै विभागमा बरबुजारथ गरेर रमाना लिएर हिडेका हुन् । उनले मन्त्रालयले आफूलाई भन्दा पनि महानिर्देशक पदको खिल्ली उडाएको प्रतिक्रिया दिए । ‘म विराटनगर नजाने होइन जान हुन्छ । तर महानिर्देशक बनिसकेको व्यक्तिलाई एउटा अस्पतालको मेसु बनाएर पठाइन्छ । त्यो व्यक्ति होइन महानिर्देशक पदको गरिमा नबुझेको हो । एक हिसावले महानिर्देशक पद लाई नै खिल्ली उडाएको हो,’ उनले भने ।

विराटनगर सरुवा भएको थाह पाए लगत्तै विदामा बस्न निवेदन लिएर मन्त्रालय पुगेका डा लोहनीलाई सचिव रामप्रसाद थपलियाले रमाना लिएपछि मात्रै प्रक्रिया अघि बढने बताएका थिए । त्यस लगत्तै उनी विभाग फर्केर रमाना लिएका हुन् । ‘म केही दिन विदामा बस्छु । त्यसपछि के गर्ने भन्ने बारेमा सोच्छु,’ उनले भने । डा लोहनी विभागको महानिर्देशक हुनु अघि मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख, सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बीमा) का कार्यकारी निर्देशक बनेका थिए । उनले ती दुबै पदमा समेत उत्कृष्ट कार्य गरेका थिए ।

सम्बन्धित खबरहरु