रामकुमार श्रेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा भन्नुभयो, ‘नेपालीले चान्स पायो भने गर्छ । सन्दिप दुई चार डल्ला के फालेको थियो चम्क्यो ।’ प्रधानमन्त्रीले बोल्नु भएका यी कुराहरुमा वास्तवमा कसैले पनि विमती जनाउन सक्दैन् कि विश्वमा अब्बल क्षमता भएको नेपाली नै हुन्छ । नेपालीहरुलाई नेपालमा अवसर दिइएको छैन । नेपालमा राम्रोलाई भन्दा पनि हाम्रोलाई प्राथमिकता दिने भएका कारण पनि देश विकासमा पछि परेको धेरैको बुझाई रहेको छ । यस्तै आज हामी दुई जना महान नेपाली युवतीका बारेमा चर्चा गर्न गइरहेका छौं । जोली अमात्यले राष्ट्रसंघको इतिहासमै राष्ट्रसंघको युथ एसेम्बलीमा युवा अध्यक्ष पदमा नियुक्त हुने सबैभन्दा कनिष्ठ तथा पहिलो नेपाली मुलकी बनेर ईतिहास रचेकी छिन् । अर्को तर्फ फोर्ब्स पत्रिकाको ३० बर्ष मुनिका उत्कृष्ट ३० को सूचीमा परेकी कन्चन अमात्य हाल महिलाको आर्थिक सशक्तिकरणको लागि युएन वुमेन ग्लोबल च्याम्पियनमा कार्यरत छिन् । राष्ट्रसंघको युथ एसेम्बलीमा नेपालको युवा प्रतिनिधिका रुपमा सन् २०१३ मा प्रवेश गरेकी जोली अमात्य सन् २०१५ मा युथ एसेम्बलीमा ‘को चेयर’ गर्दै लगनशिलता र कडा परिश्रमका कारण राष्ट्रसंघ युवा सम्मेलनकि युवा अध्यक्ष तहमा नै पुग्न सफल भइन् । राष्ट्रसंघको इतिहासमै उक्त पदमा नियुक्त हुने सबैभन्दा कनिष्ठ तथा पहिलो नेपाली मुलकी बनेर ईतिहास रचेकी छिन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयमा हुने अर्ध–वार्षिक युवा सम्मेलनले महत्वपूर्ण संवादलाई प्रोत्साहन गर्न र असाधारण युवाहरुको बीच साझेदारीको लागि एक अद्वितीय मञ्च प्रदान गर्दछ ।

न्यूयोर्कमा युएन वुमेन युएस राष्ट्रिय समितिको ३० औ वार्षिक उत्सवमा यूएन महिलाहरुको लागि युएन राष्ट्रिय समितिले जोलीलाई ‘च्यामपियन अफ चेन्ज’ द्वारा सम्मानित गरेको छ । विगत सातबर्षदेखि अमेरिकामा पेशागत अनुभव हासिल गर्ने क्रममा उनले युएन वुमन लगायत राष्ट्रसंघका विभिन्न अंगहरु सहित विश्व बैंक, हेविट्याट फर ह्युमानिटी, एक्शन एड इन्टरनेशनल लगायतका संस्थामा काम गरिसकेकी छिन् । यो अवधिमा उनले नेपालका युवा र महिलाको अवस्थामा सुधारका क्षेत्रमा समेत काम गरेकी छिन् । तपाईलाई जानकारी गराउँ जोली अमात्य नेपालकी एक युवा व्यवसायी हुन् । २६ फेब्रुअरी १९९० मा ललितपुरमा जन्मेकी जोली अमात्य जगदिशमान अमात्य र कृष्ण अमात्यकी जेठी छोरी हुन ।

जोलीले राष्ट्रसंघ युवा सम्मेलनको युवा अध्यक्षको हैसियतमा दिएकी मन्तब्यहरु अत्यन्तै प्रभाबकारी भएका कारण निकै चर्चित बन्न पुगेका छन । अर्को तर्फ नेपाली मूलकी चेली कन्चन अमात्य अमेरिकाको प्रतिष्ठित २०१९ राइस अवार्ड(पुरस्कार)द्वारा सम्मानित भएकी छिन् । अन्तर्राष्ट्रिय विकासमा नेतृत्व तथा नविन पद्धतिको भूमिका निर्वाह गरेवापत अमात्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । फोर्ब्स पत्रिकाको ३० बर्ष मुनिका उत्कृष्ट ३० को सूचीमा परेकी कन्चन अमात्य हाल महिलाको आर्थिक सशक्तिकरणको लागि युएन वुमेन ग्लोबल च्याम्पियनमा कार्यरत छिन् । पुरस्कार ग्रहण गर्ने क्रममा जसको अधिकार उल्लङ्घन गरिएको छ, जसको सम्मानलाई अस्वीकार गरिएको छ र जसको आवाजहरू सुनिदैन उनीहरुको लागि आफूले पुरस्कार लिएको बताइन् कन्चनले ।

अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा समेत जिम्मेवारी पाइसकेकी छन् । उनी ब्रिटिश काउन्सिलका ग्लोबल चेन्जमेकर फेलो पनि हुन । अमेरिकी पूर्व रास्ट्रपति बिल क्लिन्टनबाट कन्चनले क्लिन्टन ग्लोबल इनिशियटिभ राष्ट्रपतीय सम्मान लगायत थुप्रै सम्मान प्राप्त गरिसकेकी छिन् । १९९६ मा जन्मेकी कान्छान जगदिशमान अमात्य र कृष्ण अमात्यकी कान्छी छोरी हुन । नेपालको छबी अन्तरराष्ट्रिय स्तरमा पुर्याउन महत्वपूर्ण योगदान दिने दिदी–बहिनी जोली अमात्य र कन्चन अमात्य दुबैलाई हार्दिक बधाई एबं उत्तरोत्तर प्रगतिको कामना !!! श्रेष्ठ लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक हुनुहुन्छ ।

सम्बन्धित खबरहरु