काठमाडौं । व्यस्त जीवनशैलीका कारण हाम्रो शरीर असमान्य बन्दै गएको छ । आवश्यक्ता भन्दा धेरै अल्छी हुनु र जथाभावी खाना खाने देखि दिएर जे पनि खाने भएकाले गर्दा पहिलेको भन्दा अहिलेको पुस्तामा धेरै स्वास्थ्य समस्या हुने गर्छ । मानसिक देखि लिएर शाररीक समस्याहरु आउँने गर्दछन् । यस्तै मध्यको एक समस्या मोटोपन पनि हो । मोटोपन अहिले गम्भीर समस्या भएको छ । समस्या निकारण गर्नको लागि अस्पताल धाउने देखि अन्य धेरै कामहरु मानिसहरु गर्दछन् । यस्तै धेरै पटक तौल घटाउने चक्करमा वा थाकेका कारण हामी राती खान नखाई सुत्ने गर्छौ । वास्तवमा, राती शरीरको मेटाबोलिक रेट निकै कम हुन्छ जसका कारण खाना निकै ढिलो गरी पच्ने गर्दछ । चिकित्सकहरुका अनुसार बेलुका खाना पच्नको लागि झण्डै ४ घण्टाको समय लाग्छ । पाचनक्रियाले राम्रोसँग वा ढिलो गरी काम गर्छ र तौल बढ्छ भन्ने सोचेर हामी बेलुका सकेसम्म खाना खान नपरोस् भनेर सोच्ने गर्नुभएको छ ख्याल गर्नुहोला । यदि तपाईंको यस्तो बानी छ भने यो तपाईंको स्वास्थ्यका लागि यो गम्भीर खत्तरा हो । कहिलेकाँही यस्तो गर्दा खासै समस्या देखिँदैन तर यदि तपाईंले लामो समयसम्म यस्तै गर्ने गर्नु हुन्छ भने यसले तपाईंको स्वास्थ्यमा गम्भीर असर पुर्याउने गर्छ । राती भोको पेट सुत्दा शरीर माइक्रोन्यूट्रिशनल डिफिसिएन्सीको शिकार भइन्छ । यसको अर्थ के हो भने शरीरलाई आवश्यक पर्ने पोषक तत्वको अभाव हुनेगर्छ । शरीरलाई राम्रोसँग चलाउन र विकासका लागि पोषक तत्व (विज्ञानको भाषामा माइक्रो न्यूट्रिएन्ट्स भनिन्छ) को आवश्यकता हुन्छ । म्याग्निशियम, भिटामिन बी १३ र भिटामिन डीथ्रीलाई माइक्रो न्यूट्रियन्ट्स भनिन्छ । राती भोको सुत्नेहरुको शरीरमा यी पोषक तत्वको कमी हुन्छ यो स्वास्थ्यका लागि राम्रो होईन् । बेलुकाको खाना नखाँदा शरीरको आन्तरिक प्रणालीमा पनि समस्या हुन्छ र यसले इन्सुलिनको स्तरलाई पनि प्रभावित पार्छ । यदि तपाईंको खानपिन तालिकामा गडबडी छ भने यसको प्रत्यक्ष प्रभाव तपाईंको हर्मोन कोलस्ट्रोल र थाइरोइडमा पनि पर्ने गर्दछ । एजेन्सी

सम्बन्धित खबरहरु