काठमाडौ । दैलेखमा पेट्रोलियम अन्वेषण गर्नका लागि चिनियाँ टोली पुगेको छ । जिल्लाको पञ्चकोसी क्षेत्रमा पेट्रोलियम अन्वेषण कार्यको औपचारिक सुरुवात गर्न चिनियाँ विशेष टोलीसहित उद्योगमन्त्री मातृका यादव र पूर्वउद्योग मन्त्री सोमप्रसाद पाण्डे पनि पुगेका हुन् । टोलीले दैलेखको दुल्लु नगरपालिका क्षेत्रमा रहेको ज्वाला बल्ने स्थान अर्थात् पादुका, धुलेश्वर र दुल्लु क्षेत्रको स्थलगत अध्ययन गरेको छ ।

सोमबारदेखि पेट्रोलियम पदार्थको अन्वेषणको औपचारिक सुरुवात हुने बताईएको छ । यसअघि पनि चिनियाँ टोली दैलेख आई अनुसन्धान गरेर फर्किएको थियो । यस पटकको अध्धयनमा भने कति परिमाणमा पेट्रोलियम पदार्थको भण्डारन छ भन्ने बारेमा ठोस निश्कर्ष आउँने आसा गरिएको छ । प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा भारतले नाकाबन्दी गरेपछि देशभर बिषेश गरी पेट्रोलियम पदार्थको चरम संकट भएको थियो । त्यसलगत्तै सरकारले नेपालमा नै पेट्रोलियम पदार्थ अन्वेषणको आधारभूत अध्ययन सुरु गरेको थियो ।

सम्बन्धित खबरहरु