मोरङका एक युवाले आफ्नै गोप्य अंग छिनाए


काठमाडौ । मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकका २२ वर्षीय सुनिल राईले आफ्नै गोप्य अंग छिनाएका छन् । परिवारका अनुसार कहिले काँही असामान्य व्यवहार देखाउँदै आएका राईले बिहीबार तरकारी काट्ने चक्कुले आफ्नै गोप्य अंग छिनाएका हुन् ।

 

गोप्य अंग टिनाएपछि अस्पताल पुर्याइएको राईलाई हाल विपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमको नर्मल वार्डमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपि विश्व अधिकारीले बताए । उनका अनुसार घटनापछि राईलाई स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगेका थिए । नोबेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

परिवारका अनुसार चार वर्ष अघि विहे गरेका राईले बेला बेलामा असामान्य व्यवहार देखाउने गरेका थिए । राईले नियमित मदिरा सेवन गर्ने गरेका थिए । नियमित मदिरा सेवनकै कारण राई केही समयदेखि एकोहोरो टोलाउने र घर छाडेर हिड्ने गरेको उनका बुवा बुमा राईले बताएको प्रहरीले जनाएको छ । राईको ३ वर्षका छोरा छन् । प्रहरीका अनुसार उनको पारिवारिक सम्बन्ध भने राम्रो रहेको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
शिक्षा
युरो किड्स भक्तपुरले प्ले ग्रुप देखि नै दिन्छ आत्मारक्षा दिने करातेको ज्ञान
त्रिविद्धारा भर्खरै MBA, BIM र BBA को नतिजा प्रकाशित [नतिजासहित]
कानुन सङ्काय तर्फको ३ वर्षे एल.एल.बी. दोस्रो वर्षको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
त्रिविद्वारा भर्खरै स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित [अनलाईन नतिजासहित]
त्रिविले स्नातक तहमा पास गर्न नसकेकाहरुका लागि मौका समेत दिएर परीक्षा फारम खुलायो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता